अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने निर्णय स्थगन गर्यो

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने निर्णय स्थगत गरेको छ । बीमा समितिले निर्देशन दिएसँगै कम्पनीले दुई कित्ता बराबर एक कित्ताको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय अहिलेलाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । 

कम्पनीले प्रस्ताव गरेको पुँजी वृद्धि र हकप्रद जारीसम्बन्धी विशेष प्रस्ताव स्थगन गर्न समितिले यही चैत २३ गते कम्पनीलाई निर्देशन दिएको थियो । सोही बमोजिम कम्पनीको सञ्चालक समितिको बैठकले समितिको निर्देशन पालना गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ । 

Advertisement

कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको थियो । तर इन्साइडर ट्रेडिङ भएको भन्दै कम्पनीको आलोचना भएपछि समितिले सो निर्णय अहिले कार्यान्वयन नगर्न भनेको हो । समिति र नेपाल स्टक एक्सचेन्ज लिमिटेडले भने अजोडको निर्णयलाई इन्साइडर ट्रेडिङ भन्न नमिल्ने तर्क गरेका थिए । 

Advertisement

Advertisement