यस्ता छन् ग्राहकका गुनासो व्यवस्थापन गर्ने टेलिकमका महत्वपूर्ण नम्बरहरू

Advertisement

काठमाडौं ।  नेपाल टेलिकमका आफ्नो सेवाहरूको बारेमा जानकारी लिन तथा गुनासाहरू राख्नका लागि विभिन्न नम्बरको प्रयोग गर्न मिल्ने व्यवस्था छ । कम्पनीले अहिले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरू ग्राहकका गुनासा टिपाउन उपयोगी रहेको बताएको छ ।

कम्पनीमा सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएको उक्त नम्बरहरू ग्राहकले निःशुल्क रुपमा प्रयोग गर्दै आएका छन् ।

Advertisement

१९१ 
जीएसएम, सीडीएमए र वाइम्याम्स सेवाको बारेमा जानकारी लिन १९१ नम्बरमा कल गर्न सकिन्छ । कल गरेपछि प्राप्त निर्देशनअनुसार जीएसएमको लागि अंक दुई र वाइम्याक्सका लागि अंक तीन थिच्नु पर्छ ।

१९७
नेपाल टेलिकमको ल्यान्डलाइन अर्थात स्थानीय टेलिफोनको नम्बर थाहा पाउनका लागि १९७ नम्बरमा मोवाइल वा कुनै पनि टेलिफोन नम्बरबाट कल गर्न मिल्छ । त्यसपश्चात अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको टेलिफोन नम्बर टेलिफोनबाटै उपलब्ध गराउँछ ।

१९८ 
कम्पनीको १९८ नम्बर डायल गर्दा नेपाल टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडीएसएल, भिस्याट टेलिफोन, फाइबर टू द होम र लिज लाइन मर्मतका बारे जानकारी पाउन सकिन्छ ।

यस नम्बरमा कल गरेपछि स्वचालित सिस्टमबाट प्राप्त निर्देशन अनुसार टेलिफोन समस्याका लागि अंक एक, एडीएसएल समस्याको लागि अंक दुई, भिस्याट समस्याका लागि अंक तीन, एफटीटीएच समस्याका लागि अंक चार र लिज लाइन समस्याका लागि अंक पाँच थिच्नुपर्छ । त्यसपछि दिइने निर्देशनअनुसार मर्मत गर्नुपर्ने नम्बर उपलब्ध गराएपछि कम्पनीको तर्फबाट मर्मत कार्यको प्रक्रिया अगाडि बढ्छ ।

१४९८
मोवाइल र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १४९८ मा कल गर्न सकिन्छ । सो सम्बन्धी केही जिज्ञासा, गुनासा वा अन्य केही जानकारी लिनु परेमा सोही नम्बरको प्रयोग गर्न मिल्छ ।

त्यस्तै, कम्पनीको वेवसाइट, टेलिमकको एप, कम्पनीको फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जालहरूबाट पनि कम्पनीको सेवाका बारेमा आवश्यक ग्राहकले जानकारी लिन मिल्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । 

Advertisement

Advertisement