महमारीकैबीच पाँचतारे स्तरको होटल बनाउँदै एमएस ग्रुप, कमलादीमा तेस्रो होटल बन्दै
म्यारिओट काठमाडौंको फाइल फोटो ।

Advertisement

काठमाडौं । कारोना महामारीले विश्वकै पर्यटन क्षेत्रलाई प्रभाव पारेको छ । महामारीका कारण नेपालको पर्यटन क्षेत्रसमेत सबैभन्दा बढी प्रभावित हुन पुग्यो । पर्यटन क्षेत्र पूर्ण प्रभावित भएका कारण यो क्षेत्रबाट केही व्यवसायी समस्यामा परेका त केहीको व्यापार व्यवासाय नै अस्तव्यस्त भएको छ ।

तर, महमारीपछिको सहज अवस्थाको परिकल्पना गरेर नेपालको एक व्यापारिक घराना एमएस ग्रुपले भने नयाँ होटल बनाउने घोषणा गरेको छ । हाल नक्सालमा पाँचतारे र ठमेलमा तीनतारे होटल सञ्चालन गरिरहेको एमएस ग्रुपले अब कमलादीमा अर्को एक पाँचतारे स्तरको होटल बनाउने भएको छ । महामारीकैबीचमा होटल निर्माणको घोषणा गरेको यो समूहले तीन वर्षभित्रै स्तरीय होटल बनाएर सञ्चालनमा ल्याउने बनाएको छ ।

Advertisement

होटल निर्माणमा गइसकेकौ छैन निर्माण सुरु भएको ३० महिनामा नै सञ्चालनमा ल्याउने गरी काम भने अगाडि बढेको एमएस ग्रुपका अध्यक्ष अग्रवालले बताए । यो ग्रुपले यसअघि निर्माण ठमेलमा ३२ महिनामा र नक्सालमा ४२ महिनामा भित्रमै होटल निर्माण गरेर सञ्चालमा ल्याइसकेको छ ।

एमएस ग्रुपका अध्यक्ष अग्रवालका अनुसार कमलादीको प्रज्ञा प्रतिष्ठानसँ पछाडि नबिल बैंकको अगाडिपट्टी उक्त होटल बनाउन लागिएको हो । होटल अहिले निर्माण सुरु गर्ने र महमारी सकिएपछि पर्यटकीय सेवा लागि खुला गर्ने गरी तयारी भएको अग्रवालले कर्पोरेटनेपालँसग बताए । उनले भने ‘महामारीको वेला धेरै व्यवसायी डराएका छन् कोरोनापछिको अवस्था सामान्य हुन्छ कहिले हुन्छ भनेर आत्तिएको भएपनि सधै महामारी रहँदैन् ।

अग्रवालले भने ‘अब होटल निर्माणमा गए पर्यटक भित्र्याउने अनुकुल समय हुँदा संरचना तयारी हुने र पर्यटकीय सेवा दिन सकिने भएकोले नै अहिले नै निर्माण अगाडि बढाउन थालिएको हो ।’ अग्रवालका अनुसार अहिले तयारी गरेर तीन वर्षपछि निर्माण हुने उल्लेख गरेको छ । महामारीमा दीर्घकालिन योजना बनाउन सकियो भने महामारी सकिएपछि अहिले बनाएको योजनाले सहज हुने बुझाइ पनि अग्रवालको छ । 

एमएस ग्रुपको होटलमो यो तेस्रो परियोजना हो । पहिलो ठलेलको फेयरफिल्ड म्यारिओट हो भने दोस्रो नक्सालको पाँचतारे होटल म्यारिओट काठमाडौं हो । कलादीमा बन्ने होटल पनि मेरिओटको हुने र स्तर वर्गीकरण भने होटल निर्माण पछि हुन्छ । होटलको संरचना र आवश्यक सेवा सुविधा पाँच तारे स्तरकै हुने भएपनि स्तर भने चार तारेको लिने गरी योजना बनाएर होटल बनाइने यो ग्रुपले जानकारी दिएको छ । यद्यपी स्तर वर्गीकरणपछि अहिले तयारी गरेको भन्दा तल वा माथि जान सक्छ । यही ग्रुपले ठमेलमा बनाएको होटल पनि चारतारे स्तरको भनेर निर्माण गरेको भएपनि स्तर वर्गीकरणपछि भने तीनतारे भएको थियो ।

कमलादीमा बन्ने नयाँ होटलमा करिब दुई अर्ब लगानी हुने अनुमान गरिएको छ । कमलादीमा निर्माण हुने होटल १२२ कोठाको हुने भएको छ होटल पाँच तारे स्तरेकै सेवा र सुविधामा बनाउन लागिएको छ । मेरिओटको ब्राण्डमा सञ्चालन हुने होटल संसारभर एउटै स्तरको सेवा हुने भएकोले होटलको स्तर भन्दापनि सेवा र गुणस्तर महत्वपूर्ण हुने उल्लेख छ ।
 

Advertisement

Advertisement