‘राज्य प्रणाली तहसनहस पार्न लागिसके, तैपनि लम्पटहरू जयजयकार गर्न छोड्दैनन्’

Advertisement

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले एउटा व्यक्ति र गुटको सत्ताका लागि राज्य प्रणाली तहसनहस बनाउने काम भएको भन्दै मुलुकको भविश्यका लागि यो खतरनाक संकेत भएको बताएका छन् । 

ट्वीटरमा टिप्पणी गर्दै बिहीबार उनले यस्तो अवस्थामा पनि लम्पटहरूको जयजयकार जारी छ भन्दै पार्टीका कार्यकर्ताहरूको आलोचना गरेका छन् । आचार्य भन्छन्, ‘एउटा व्यक्ति र गुटको सत्ताका लागि शक्ति सन्तुलनका लागि बनाइएका निकायहरु आफ्नो दायित्वबाट च्युत हुँदा समग्र राज्य प्रणाली नै तहसनहस हुने अवस्थामा छ।मुलुकको भविष्यका लागि यो अत्यन्त खतरनाक संकेत हो।तरपनि लम्पटहरूको जयजयकार जारी छ। सबैका सन्ततिका लागि देश चाहिन्छ भन्ने हेक्का राखौं।’

Advertisement

उनले यसअघि दल र नेताहरूको पछि लाग्ने लाखौं लम्पट कार्यकर्ता यो मुलुकको संवृद्धिको मुख्य बाध्य हुन भनी सामाजिक सञ्जालमा दिएको प्रतिक्रियालाई लाखौं मानिसले समर्थन जनाएका थिए । 

Advertisement

Advertisement