सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने, प्रि-अलोमेन्ट आज

Advertisement

काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँड हुने भएको छ । 

मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बदे श्रेष्टका अनुसार कम्पनीको आईपीओ प्रि अलोमेन्ट आज भइसकेको छ । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता एक सय रुपियाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो । 

Advertisement

बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारण लागि बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकले  दुई करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । जुन माग भन्दा २६ लाख ९७ हजार कित्ता (९ दशमलव १६ प्रतिशत) गुणा भन्दा धेरै हो ।

कम्पनीको सेयर दुई लाख ६९ हजार सात सय जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने देखिन्छ। बाँकि साढे १२ लाख ५० हजार भन्दा बढी आवेदकले भने शेयर नपाउने पक्का देखिएको छ । 

Advertisement

Advertisement