इसेवा र वल्ड रेमिटबीच सम्झौता, ५० देशबाट सिधै  खातामा पैसा पठाउन सकिने

Advertisement

काठमाडौं । इसेवा मनि ट्रान्सफर र वल्र्ड रेमिटबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापछि ५० देशबाट सिधै इसेवा खातामा पैसा पठाउन सकिने भएको छ । 

यस सम्झौतासँगै विश्वभर रहेका वल्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाईलाई रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

Advertisement

यसै गरी वल्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने भएको छ । डिजिटल रेमिट्यान्स प्रवर्दन गर्ने उद्देश्यले वल्ड रेमिट र इसेवा मनि ट्रान्सफरले निःशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको हो । यो योजना ३० जुनसम्म लागू हुनेछ । 


 

Advertisement

Advertisement