भेस्पाको ‘१०० कस्टोमर रिक्रियशनल राइड’ सम्पन्न

Advertisement

काठमाडौं । भेस्पा स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्सले भेस्पाको शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकेटेसम्म ‘१०० कस्टोमर रिक्रियशनल राइड’ आयोजना गर्यो । 

शनिबार आयोजित यस कार्यक्रममा युवाहरूको आकर्षण रहेको कम्पनीले जनाएको छ । ग्राहकहरूलाई एकै ठाउँमा जोडेर आत्मियता बढाउन राइड सफल भएको कम्पनीका उपाध्यक्ष विजय महतो बताउँछन् । उनी भन्छन्, ‘ग्राहकबीच अन्तरक्रिया गराउने भेहिकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका छौं ।’

Advertisement

महतोले भेस्पा प्रिमियम ब्राण्ड भएको र यसलाई थप परिचित गराउन पनि राइड सफल भएको महतोले दाबी गरे । राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । विभिन्न राइडरहरुले कम्पनीको तर्फ़बाट विभिन्न उपहार पनि जितेका थिए १ 

राइडमा सहभागी ग्राहक खुसी भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले बताइन । ‘प्रिमियम प्रडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ,’ उनले भनिन, ‘प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाई नै भेष्पा हो ।’ 

Advertisement

Advertisement