सिङ्गल प्रिमियम पोलिसिमा कडाई, तीन वर्षअघि समर्पण गर्न नपाइने, धितोमा लिइने कर्जा रोक्का

Advertisement

काठमाडौं । बीमा समितिले सिङ्गल प्रिमियम पोलिसिमा कडाई गरेको छ । कडाई गरेसँगै अब जीवन बीमा कम्पनीका सिङ्गल प्रिमियम पोलिसिमा तीन वर्षसम्म समर्पण गर्न नपाईने भएको हो ।

बीमा समितिका प्रवक्ता एवम् कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार जीवन बीमा कम्पनीहरूमा एकल बीमाशुल्कका कारण बेथिति देखिएको थियो । समितिले हिजो चैत २४ गते उक्त सिङ्गल प्रिमियमको समर्पण तीन वर्षसम्म रोक्न १९ वटै जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।

Advertisement

पौडेल भन्छन्, ‘हामीले जीवन बीमा कम्पनीहरूमा सिङ्गल प्रिमियम पोलिसिका कारण देखिएको बेथिति रोक्न केही कडाई गरेका हौं । अब जीवन बीमा कम्पनीहरूका सिङगल प्रिमियम पोलिसिमा तीन वर्षसम्म समर्पण गर्न मिल्दैन ।’ 

उनले तीन वर्षसम्म सिङ्गल प्रिमियम पोलिसिमा ऋण दिन नमिल्ने तथा तीन वर्षसम्म समर्पण पनि गर्न नमिल्ने व्यवस्था ल्याइएको बताए ।

आर्थिक वर्षको अन्त्यतिर जीवन बीमा कम्पनीमा सिङ्गल प्रिमियम पोलिसिको बिक्री ह्वात्तै बढ्ने गर्छ । तर  नयाँ आर्थिक वर्षको सुरुवातसँगै फेरि समर्पण गर्नेहरूको संख्या पनि धेरै हुन्छ । बीमा क्षेत्रका आउटडोर मानिने अभिकर्ताहरू नै सिङ्गल प्रिमियम पोलिसि किन्न सक्रिय हुने र तत्काल समर्पणमा लाग्ने बीमकहरूले बताएका छन् ।

यता, बीमा समितिले पनि अभिकर्ताहरूले अस्वस्थ रुपमा  कम्पनीबाट ऋण लिने क्रियाकपाल बन्द गर्ने जनाएको छ । बीमकहरूको एक आर्थिक वर्षमा साउनदेखि जेठ महिनासम्मको तथ्यांक र असार महिना मात्रैको तथ्यांक हेर्दा असारमा अस्वस्थ्य वृद्धि देखिन्छ । बीमकहरू स्वयमले उक्त वृद्धि असामान्य वृद्धि हो भन्दै स्वीकार समेत गरेका छन् ।

आर्थिक वर्षका अन्तिम महिनामा बेलुन फुले जसरी बीमा कम्पनीका तथ्यांकमा असामान्य वृद्धि देखिए समितिले आवश्यक छानविन गर्नुपर्ने बीमकहरूको प्रतिक्रिया छ ।

Advertisement

Advertisement