एक्सेल डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश

Advertisement

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई १२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

विहीबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ सम्मको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव श्यामबहादुर बोहराले जनाएका छन् । 

Advertisement

बैंकको हाल कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २ सय २४ रुपियाँ ७२ पैसा छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव बोहराले बताए । 
 

Advertisement

Advertisement