सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट, नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

Advertisement

काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँट भएको हो । कम्पनीको शेयर दुई लाख ६९ हजार सात सय जनाले मात्रै १० कित्ताका दरले पाएका छन् । बाँकी  १२ लाख ५० हजार भन्दा बढी आवेदकको हात खाली भएको छ । 

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता एक सय रुपियाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो । 

Advertisement

बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारण लागि बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकले  दुई करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका थिए । जुन माग भन्दा २६ लाख ९७ हजार कित्ता (९ दशमलव १६ प्रतिशत) गुणा भन्दा धेरै हो ।

यता, सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सिडिएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np  मार्फत हेर्न सकिनेछ ।

धितोपत्र बाँडफाँटको नतिजा सम्बन्धित निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको भए पनि ती कम्पनीका वेबसाइटले चाप थाम्न नसक्दा लगानीकर्ताले सहजै नतिजा हेर्न सकेका थिएनन् । विभिन्न अनलाइन सञ्चारमाध्यमले शेयर बाँडफाँटको नतिजा हेर्न सक्ने गरी राख्दा लगानीकर्ताको गोपनीयतामा असर गरेको भन्दै सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न सकिने बनाइएको थियो । 

Advertisement

Advertisement