नेपाल पुनर्बीमा कम्पनीको नाफा १३.८६ प्रतिशत घट्यो, यस्तो छ कारण

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यस अवधीसम्मको समग्र वित्तीय अवस्थामा खस्किएको छ । 

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ५३ करोड ६९ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत वर्षको यसै अवधिको भन्दा १३ दशमलव ८६ प्रतिशतले घटेको हो ।  गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीले ६२ करोड ३३ लाख रुपियाँ मुनाफा आर्जन गरेको थियो ।

Advertisement

कम्पनीको निर्जीवन बीमा व्यवसाय तर्फको मुनाफा १९ दशमलव ३४ प्रतिशतले घटेको छ । यसकारण कम्पनीको नाफा घटेको हो । तर, जीवन बीमा व्यवसाय तर्फको मुनाफा भने ३७.४८ प्रतिशलते बढेको छ । नाफामा गिरावट सँगै कम्पनीको प्रतिशेयर आम्दानी चार रुपियाँले घटेको छ । यहि अवधिमा प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी  आठ अर्ब ४० करोड रुपैयाँबाट २० अर्ब रुपियाँ पुगेको छ ।

अहिलेसम्म मुनाफा वितरण नगरेको नेपाल पुनर्बीमा कम्पनीको जगेडा कोषमा तीन अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ । कम्पनिको बीमा कोष ३७ दशमलव ९८ प्रतिशलते बढेर दुई अर्ब तीन करोड पुगेको छ । कम्पनीको निर्जीवन बीमा व्यवसाय तर्फको खुद बीमा शुल्क आर्जन ८ दशमलव ०९ प्रतिशतले मात्रै बृद्धि भएको छ भने जीवन बीमा व्यवसाय तर्फ ९७ दशमलव ४९ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा व्यवसाय तर्फ तीन अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने जीवन बीमा व्यवसाय तर्फ ३९ करोड ४६ लाख रुपैयाँ सहित जम्मा तीन अर्ब ४३ करोड रुपियाँ आर्जन गर्न सफल भएको छ । यसै अवधिमा दाबी भुक्तानी ४५ दशमलव १२ प्रतिशतले बृद्धि भएको छ । निर्जीवन बीमा व्यवसाय तर्फ ९५ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गर्नु परेको छ भने जीवन तर्फ १४ करोड ३७ लाख रुपैयाँ सहित जम्मा एक अर्ब १० करोड रुपियाँ दाबी भुक्तानी भएको छ ।

Advertisement

Advertisement