सोट्टो नेपालको अध्यक्षमा पराजुली, १४ सदस्यीय कार्यसमिति चयन

Advertisement

काठमाडौं । पर्यटन सम्बन्ध व्यवसायीको संस्था सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स ( सोट्टो) नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । सोट्टो नेपालको २७ चैत (शुक्रबार) राजधानीमा आयोजित वार्षिक १३ औं वार्षिक साधारणसभाले अन्जली टूर्स एण्ड ट्राभलका प्रवन्ध निर्देशक नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा फारवेष्ट ट्राभल एण्ड टूर्सका मानबहादुर शाही, द्वितीय उपाध्यक्षमा प्रिस्म इन्टरनेसन टूर्स एण्ड ट्राभलका भुवनदेवी महर्जन, महासचिवमा एक्सेल ट्राभल एण्ड टूर्सका भुवनबहादुर पाण्डे चयन भएका छन् । संस्थाको तीन वर्षे कार्यकालको लागि नयाँ पदाधिकारी चयन गरेको छ ।

Advertisement

कार्यसमितिको सचिवमा गोल्डेन गेट ट्राभल एण्ड टूर्सका दिनेश बस्नेत, कोषध्यक्षमा रोलेक्स ट्राभल एण्ड टूर्सका देवराज खनाल, सहकोषाध्यक्षमा कलम ट्राभलका कमल जिसी चयन भएका छन् ।कार्यसमितिको सदस्यहरूमा रामजानकीदेवी ट्राभल एण्ड टूर्सका रामस्वरूप महासेठ, गोल्डेन क्लाउडका ट्राभल एण्ड टूर्सका कुमार पराजुली, भरोसा टूर्सका प्रज्वलराज पोखरेल चयन भएका छन् ।

सदस्यमै पास टूर्स एण्ड ट्राभलका आनन्द क्षेत्री, नेपाल लाइफ ट्राभल एण्ड टूर्सका गंगाप्रसाद गिरी, बी एण्ड पी ट्राभलका पूर्णबहादुर गिरी र रोमान्टिक ट्राभलका कमल मगर निर्विरोध निर्वाचित भएको सोट्टो नेपालले जानकारी दिएको छ ।

Advertisement

Advertisement