वर्ल्ड लिंकले नयाँ वर्षको अवसरमा ल्यायो ‘हर्षको नयाँवर्ष’ अफर

Advertisement

काठमाडौँ । नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँवर्ष’ अफर ल्याएको छ ।

कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सर्वत्र छ । त्यही अपेक्षासाथ ‘हर्षको नववर्ष’ अफर ल्याएका कम्पनीले जनाएको छ । जसमा ग्राहकहरूले बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिए भने समग्रमा ६२ प्रतिशतसम्म छुट पाउने छन् । 

Advertisement

यो बाह्रमहिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउने छन् । यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाउने छन्, जसमा फिल्म हेर्न सकिनेछ । वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुनेछ ।

‘नयाँ वर्ष उत्सवको समय भएकाले हामी आफ्ना नयाँ तथा पुराना ग्राहकहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरूमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउनुहोस् भन्ने चाहन्थ्यौं,’ वर्ल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने ।  

Advertisement

Advertisement