महामारीमा पनि ओइरिए पर्वतारोही, ४९ समूहका ४१९ ले लिए अनुमति

Advertisement

काठमाडौं । कोरोना महारीले सन् २०२० को एक वर्ष ठप्प रहेको नेपालको पर्वतारोहणमा यो वर्ष सन् २०२१ को वसन्त ऋतुका लागि भने पर्वतीय पर्यटक ओइरिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले २७ चैत (शुक्रबार) जारी गरेको पर्वतारोहण अनुमति अनुसार ४९ समूहबाट ४१० जना पुगेका छन् । यसमध्ये ३२९ पुरुष आरोही र ९० महिला आरोहीले अनमुति लिएका छन् ।

पर्यटन विभागकी प्रवक्ता मीरा आचार्यका अनुसार अनुमति लिने आरोहीमा सबैभन्दा बढी सगरमाथाको लागि छन् । शुक्रबारसम्ममा सगरमाथाको लागि २६ समूहबाट २४४ जनाले आरोहण अनुमति लिएको छन् । अनुमति लिएका आरोहीमध्ये सगरमाथापछि अन्य हिमालको लागि भने २३ समूह छ । यो २३ समूहमा अन्य नौं वटा हिमालको लागि अनुमति लिइएको छ ।

Advertisement

विभागका अनुसार हालसम्म जारी भएका यस्तो अनुमतिमा लोत्से सात, अन्नपूर्ण र धौलागिरी ४/४ वटा, नुप्से तीने वटा समूहले अनुमति लिएका छन् । अन्य हिमालमा भने मनास्लु, मकालु, पुमरी, तिलिचो र तुकुचे एकएक वटा टोलीले अनुमति लिएका छन् । अनुमति लिएका ४९ टोली बाट ३३ करोड ९९ लाख ५० हजार ४९६ रुपैयाँ रोयल्टी संकलन भएको पनि विभागले जानकारी दिएको छ । 
 

Advertisement

Advertisement