सिरहाको लहानमा सुनचाँदी व्यवसायीको हत्या

Advertisement

काठमाडौँ । सिरहा जिल्लाको लहानमा आज बिहान एकजना सुनचाँदी व्यवसायीको हत्या भएको छ । लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार आज बिहान १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले ४५ वर्षीय मिझारको हत्या गरेका हुन् । लुटेरा समूहको प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । 

Advertisement

मृतककी श्रीमती अनिताकुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् । उनको पनि सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । सो घट्नामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्नमध्येका रामकृष्ण चौधरी र सूर्य सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement