नेपाल इन्स्योरेन्सको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीको ७२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभा सभा एयरपोर्ट होटेल, सिनामङ्गल, काठमाडौंमा सम्पन्न भएको हो । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश साधारण सभाबाट पारित भएको छ । 

Advertisement

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित भएको छ ।
 

Advertisement

Advertisement