सुनको मूल्य रु. चार सयले घट्यो, यस्तो छ आजको कारोबार मूल्य

Advertisement

काठमाडौं । निरन्तर बढेको सुनको मूल्य आइतबार भने घटेको छ । यस दिन छापावाला सुनको मूल्य तोलामा चार सयले घटेर ८९ हजार पाँच सय रुपियाँ कायम भएको छ । गत शुक्रबार यसको मूल्य तोलामा ८९ हजार नौं सय रुपियाँ थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य पनि तोलामा पाँच सयले नै घटेर ८९ हजार ५० रुपियाँ कायम भएको छ । गत शुक्रबार यसको मूल्य तोलामा ८९ हजार ४५० रुपियाँ थियो ।
 
यस दिन चाँदीको मूल्य पनि तोलामा पाँच रुपियाँले घटेर एक हजार २७५ रुपियाँ कायम भएको छ । अघिल्लो कारोबार दिन यसको मूल्य एक हजार २८० रुपियाँ थियो । 

Advertisement

Advertisement

Advertisement