इन्टरनेशनल हर्ट एण्ड मल्टिस्पेसिलिटि क्लिनिकद्धारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

Advertisement

काठमाडौं । बसुन्धरामा इन्टरनेशनल हर्ट एण्ड मल्टिस्पेसिलिटि क्लिनिकले कोरोना भाइरस (कोभिड १९)का कारण समस्यामा परेकाहरूका लागि शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कात्तिकेश ठाकुरको अध्यक्षतामा भएको शिविरमा मुटुका १०५ सहित १८४ जनाले विशेषज्ञ सेवा लिएका थिए । 

विशेषगरी मुटुका बिरामीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको क्लिनिकले आयोजना गरेको शिविरमा स्त्री रोग, पेट रोगका बिरामीहरूले पनि चेकजाँचको सुविधा लिएका थिए । क्लिनिक व्यवस्थापनले यस्ता शिविरहरू आगामी दिनमा पनि आयोजना गर्ने जानकारी दिएको छ । 

Advertisement

क्लिनिकमा विभिन्न अस्पतालमा काम गरेर अनुभव संगालेका विशेषज्ञ चिकित्सकहरूले सेवा दिन्छन् । मुटु, कलेजो, पेट, स्त्री रोगका साथै मृगौला, थाइराइड, मधुमेह, बाथ, नशालगायतको जाँच हुने यस क्लिनिकमा ईसीजी, इको, टीएमटी, हल्टर, एबीपी, अल्ट्रासाउण्ड, पेटमा भएको बच्चको इको, ल्याब टेष्ट, फार्मेसी जस्ता सुविधाहरू रहेका छन् । 

Advertisement

Advertisement