कुलमानले हैन मैले नै लोडसेडिङ हटाएँ रे...!

Advertisement

भीम उपाध्याय ।  नेताले सहयोगीलाई नै क्रेडिट दिन्छ । टोली नेता त्यो हो जसले टोलीका प्रत्येक सदस्यको ख्याल राख्छ र प्रत्येकको योगदानका लागि सबैका अगाडी मुक्तकण्ठले प्रशंसा गर्छ । यस्ता नेताहरू खेलाडीहरूमा बढी देखिदो रहेछ । 

ईमरान खान क्रिकेट खेलाडी थिए र उनलाई टिमको प्रत्येक खेलाडीको ख्याल र प्रशंसा नगरी खेल जित्न संभव थिएन भन्ने ज्ञात थियो । उनले यस्तै नेतृत्व क्षमताबाट पाकिस्तानलाई पहिलो पटक क्रिकेटमा गोल्ड मेडल जिताई छाडे, जसका लागि उनलाई पाकिस्तानमा मात्र हैन विश्वभरिका क्रिकेट प्रेमीहरूले सम्मान मात्र गर्दैनन्, माया पनि उत्तिनै गर्छन् । 

Advertisement

खेलाडीबाट राजनीतिज्ञ बनेर प्रधानमन्त्री बन्न सफल ईमरान खान जहॉ जहॉ पुग्छन्, आफ्ना सहयोगी कर्मचारीहरू, मन्त्रीहरू र अन्य नेताहरूको सार्वजिक रूपमैं नाम किटेर प्रशंसा गरेको देख्दा मेरा ऑखा रसाउँछन् । यस्तो नेता मैले अहिलेको विश्वमा अरू कोही देख्न सुन्न पाएको छैन, जसले सहयोगीको नामै लिएर आफ्ना टिमका साथीलाई योगदानको क्रेडिट सबैका सामू राखिदिईरहन्छन् ।

हो, यस्तालाई यथार्थमा सही नेता भनिन्छ जसले सहयोगीलाई जस दिन्छन् तर अपजस आफ्नो काधमा लिन्छन् । नेपालका नेताहरू आफूले सिंको भॉचेको छैनन्, उसले आफै सबै मैले गरेको भनेर डॉको छाड्छन्। जसले घूँडा धसेर काम गरेका छन् तिनको नाम लिदा बेईज्जती भएको महसुस गर्छन् । तिनलाई समारोहहरूमा देखाउन्नन्, यथोचित सम्मान ब्यक्त गर्दैनन् । हिनभावनाग्रस्त र हिंसात्मक मनोवृत्ति भएका मान्छेहरू नेता भएको देशमा बेईमान र बदमासले मान पाउँछ र कर्मशील र ईमान्दारले तिरस्कार । 

मेलम्ची मैले नै ल्याएँ । कुलमानले हैन मैले नै लोडसेडिंङ हटाएँ । मैले रेल ल्याएँ। अनि मैले देशभरि छाउराहरू जन्माएँ भनेकाभन्यै छन् । उल्लुले पत्याए पनि सद्देले त उस् उस् भन्ने हो ।

मेलम्ची मैले नै ल्याएँ । कुलमानले हैन मैले नै लोडसेडिंङ हटाएँ । मैले रेल ल्याएँ। अनि मैले देशभरि छाउराहरू जन्माएँ भनेकाभन्यै छन् । उल्लुले पत्याए पनि सद्देले त उस् उस् भन्ने हो । यिनले लाज र घीनलाई पनि यहॉ टिक्नै नसक्ने बनाईसके । पियनको जागिरको जति पनि योग्यता नभएकाहरू कर्मचारीहरू जस्ता पढैया, घूँडा धस्सैयालाई ज्ञान, शिक्षा, प्रविधि र विज्ञानको उपदेश दिन्छन् । जसलाई कतै काम गर्ने योग्यता थिएन, केही नपाएर गरिब जनतालाई उल्लु बनाएर राजनीतिमा पसेर उसले अरूलाई रेखी लाउनु जत्ति फटिचरी अरू के हुनसक्छ ? 

अहिले न शिक्षा सेवा आयोग छ, न लोक सेवा आयोग छ । अन्य आयोगहरूमा संसदीय सुनुवाई नभएका अवैध योग्यता नै पूरा नगरेका बलजफ्ति पदाधिकारीहरुको मेचमा विराजमान हराईएका छन् । भॉडभैलो मुलुक बनिसकेको छ । सत्तासीन कसैलाई देशको माया छैन, भावी पुस्ता भॉडमा जाए कुनै मतलब छैन ।गुटप्रसादहरूको लुटबहादुरसंगको कुस्तीकुस्ति हेर्दै १४ वर्ष बितिसकेको छ । यो क्रम अझै लामै जाने छनक प्रष्ट देखिदैछ । अकस्मात प्रलय भए,  कहीँ बाटो सोझिन्छ कि भन्ने आश र त्रासमा निमुखा जनता बसेका छन् । लहेलहैमा थपडी बजाउनेहरू झन् फतफत् कुहेर ढुंगढुंङ्ती गन्हाईरहेका छन् । आफ्नै भविष्यको ब्यक्तित्व सोत्तर पारिरहेका छन् ।
(लेखक उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)

Advertisement

Advertisement