सुनचाँदी व्यवसायीको हत्याले त्रसित बनायोः महासंघ

Advertisement

काठमाडौँ । सुनचाँदी ब्यवसायी प्रदिप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोलि हानी हत्या भएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

लहान स्थित अमिता ज्वेलर्सका संचालक ४० बर्षिय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको पाइएको छ । ‘यो घटनाले मुलुकभरका सुनचाँदी ब्यवसायी लाई त्रसित र भयभित मात्र बनाएको छैन, यसले सिँगो मुलुकको सुरक्षा ब्यवस्था र ब्यवसायिक सुरक्षाको बिषयमा समेत गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।’ महासंघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

सिरहाको लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्या पछि सो समूहले अमिता ज्वेलर्समा रहेका सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् । त्यसक्रममा उनकी श्रीमति अमिता विश्वकर्मा पनि घाइते भएकी छन् । लुटेरा समूहले उनकी श्रीमतीमाथि कुटपिट गरी घाइते बनाएका हुन् । ब्यवसायी विश्वकर्मा श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको पाइएको छ ।

महासंघको विज्ञप्तिमा अगाडि भनिएको छ–‘ब्यवसाय सञ्चालनमा क्रममा यसरी लुटपाट तथा हत्या गरिनु अत्यन्तै निन्दनीय मात्र छैन यसले सिङ्गो मुलुकमा विद्यमान शान्ति सुरक्षाको कमजोर अवस्थाको चित्रण भएको छ । यसले आम ब्यवसायीलाई हतोत्साही मात्रै नवनाई चिन्तित र दुखित समेत तुल्याएको छ ।’  

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्था गरी शान्ति सुरक्षाको प्रत्याभूति गराउन महासंघले सरकार समक्ष माग गरेको छ । 
 

Advertisement

Advertisement