म्यानमारमा सैन्य दमन अझै चर्कियो, एकै दिन ८० जनाको मृत्यु

Advertisement

काठमाडौं । म्यानमारमा सैनिक सरकार जुन्ताविरुद्धको आन्दोलन जारी रहँदा सैन्य दमन झन चर्किएर गएको छ । म्यानमारको बगो सहरमा भएको विरोध प्रदर्शनमा दमन हुँदा ८० जनाभन्दा बढी मानिसको मृत्यु भएको अभियानकर्मीहरूको भनाईलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । 

प्रदर्शनमा ठूलो संख्यामा मानिसहरूको ज्यान गएको र मृतकहरूको शव सेनाले उठाउँदै लगेको अभियानकर्मीहरूले बताएका छन् । सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

Advertisement

म्यानमारमा प्रजातान्त्रिक नेताहरूलाई नजरबन्द गर्दै सेनाले पुनः हातमा सत्ता लिएपछि जनता त्यसको विरोधमा उत्रिएका छन् । विरोधका क्रममा हालसम्म छ सयभन्दा बढिको ज्यान गइसकेको समाचार छ । जनताको ठूलो प्रतिरोध र ठूलो हताहती हुँदा पनि सेनाले सत्ता छोड्न मानेको छैन् । 

कतिपय मानवअधिकारवादी संस्थाहरूले सैनिक सत्ताबाट ज्यान लिइएकाहरूको संख्या अझ बढि हुनसक्ने बताएका छन् । सेनाले एक बर्षका लागि संकटकाल घोषणा गरे पनि जनता सडकमा निष्किएर विरोध प्रदर्शन गर्न पछि हटेका छैनन् । 

सेनाले गएको निर्वाचनमा ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सू ची र उनको न्याश्नल लीग फर डिमोक्रसी पार्टी भारी मतले विजयी भएको थियो। निर्वाचन आयोगले सेनाको दावीलाई अस्वीकार गरेको छ । 

अर्कोतर्फ म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्र संघीय प्रयासलाई चीनले अवरोध गरेको छ । यसअघि पनि चीनको समर्थनका कारण सेनाले लामो समयसम्म म्यानमारमा शासन गरेको थियो । 

Advertisement

Advertisement