कर्मचारी नै लुकाउँछन् जहाजका पाटपूर्जा, भेटिएका ४६ करोडका पाटपूर्जा बेचिदैँ

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीलाई निजी वायुसेवासँग मिलेमतो गरेर जहाजको टिकेट बिक्री नगर्ने र व्यक्तिगत स्वार्थका लागि निगमकै शाखःमाथि खेलवाड गर्ने गरेको आरोप लाग्ने गरेको छ । निगमका कर्मचारी सानोतिनो लाभ र व्यक्तिगत स्वार्थमा लागेका कारण निजी वायुसेवालाई लाभ पुर्याउने गरेको, निगमभित्रै गुटबन्दी र राजनीति गरेर घाटा पुर्याउनेसहितको आरोप लागिरहेकै वेला वायुसेवा निगमकै कर्मचारीले जहाजको पाटपूर्जा पनि लुकाएको भेटिएको छ ।

वायुसेवा निगमका कर्मचारीले जहाजका पाटपूर्जा लुकाउने गरेकै कारण एकै प्रकृतिको पाटपूर्जा बिक्री गरिसकेपछि पुनः अर्को पाटपूर्जा फेला पर्ने गरेको निगमकै उच्च अधिकारीले बताए । वायुसेवा निगमले तीन वर्ष अगाडि बिक्री गरेको ७५७–९एन एसीए नामक पहिलो र अमेरिकी कम्पनीले किनेर लैजान ठीक्क पारेको अर्को ७५७–९एन एसीबी नामका अर्को बोइङ बिक्री भइसकेपछि फेरि सोही जहाजका पाटपूर्जा भेटिएको जानकारी दिएको छ ।

Advertisement

वायुसेवा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलका अनुसार कर्मचारीले लुकाएको पाटपूर्जा भेटिएको र त्यसलाई लिलामीबाट बिक्री गर्ने निर्णय भइसकेको बताउँछन् । जहाज बिक्री नहुदैँ भेटिएको वा कर्मचारीले जानकारी दिएको भए पहिले नै जाजसँगै बेच्न पाउने र मूल्य पनि बढी आउने सक्ने निगमको भनाइ छ ।

निगमका प्रवन्ध निर्देशक पौडेलले भने ‘यस अघि दुई पटकसम्म बोइङ लिलामी गर्दा सोही जहाजमा लाग्ने बाँकी पाटपूर्जा थन्काएरै राखिएको अवस्था भेटियो ।’ सो पाटपूर्जालाई निगमले बेच्ने प्रस्ताव आव्हान गरेर बेच्ने निर्णय भएकोले भर्खरै प्रस्ताव आव्हान गरिएको वायुसेवा निगमका प्रवन्ध निर्देशक पौडेलले बताए ।

पौडेलले कर्पोरेट नेपालसँग भने ‘दुईवटा जहाज बेचिसकिएकोले त्यसैमा लाग्ने इन्जिन र आवश्यक पाटपूर्जा भेटिएकोले यसलाई सार्वजनिक प्रस्ताव आव्हान गरेर बिक्री गर्न लागिएको हो । सोही अनुसार प्रस्ताव आव्हानसमेत भइसकेको छ ।’

निगमले जहाँजको पाटपूर्जा जहाज जुन अवस्थामा छ सोही अवस्थामा बिक्री गर्ने भनेर निर्णय गरेको छ । त्यसैका आधारमा २७ चैत (शुक्रबार) ४५ दिने समय सीमा तोकेर प्रस्ताव आव्हान गरेको छ । उक्त प्रस्तावलाई निगमले वेबसाइटबाट सार्वजनिक गरेको छ । निगमले जहाजको इन्जिन, एपीयू र स्पेयर्स पाट्ससहितलाई न्यूनतम ४६ करोड २१ लाख रुपैयाँ भन्दा बढीमा प्रस्ताव माग गरेको छ ।

प्रस्ताव आव्हान गरेको इन्जिन स्पेनमा
निगमले बिक्रीका लागि प्रस्ताव आव्हान गरेको एक इन्जिन स्पेनमा छ । निगमले मर्मतका लागि पठाएको यो इन्जिन कर्मचारीले नल्याएका र जहाज विस्थापित हुने भएपछि प्रयोगमा पनि नआएका कारण उतै थन्किरहेको थियो ।

दुई पटकसम्म एकएक गरी दुईवटा बोइङ बिक्री गर्दासमेत यसकै लागि लाग्ने इन्जिन नल्याएको र अहिले पत्ता लागेकोले जहाज विस्थापित भएकोले बिक्री गर्न नयाँ प्रस्ताव मागिएको निगमको भनाइ छ । अब यो इन्जिन उतैबाट बिक्री गर्न सकिने पनि निगमको भनाइ छ ।

३८ लाख ५४ हजार डलरका पाटपूर्जा बिक्रीमा
निगमले वोइङ जहाजमा प्रयोग हुने इन्जिन र आवश्यक पाटपूर्जा  छुट्टाछुट्टै मूल्य तोकेर प्रस्ताव मागेको छ । निगमले मागेको यस्तो प्रस्तावमा निगमले ३८ लाख ५४ हजार ८०५ अमेरिकी डलर भन्दा माथिको मूल्यमा ती पाटापूर्जा बिक्री गर्ने प्रस्तावमाा उल्लेख छ । यी जहाजको पाटपूर्जाको न्यूनतम मूल्य हालको अमेरिकी डलरको सटहीदरसँग नेपाली मूल्य ४६ करोड २१ लाख १४ हजार २३ रुपैयाँ हुन्छ ।

यस्तो पाटपूर्जामा सबैभन्दा बढी शुल्क इन्जिनको लागि माग गरिएको छ । इन्जिनको न्यूनतम ३३ लाख ५५ हजार अमेरिकी डलर, एपीयूको मूल्य ६१ हजार ५०० अमेरिकी डलर, रोटेबल्स नामक पापूर्जाको ८२ हजार ४७४ डलर र कन्जुमबेल्सलाई ३ लाख ५५ हजार ८३१ अमेरिकी डलर रहेको छ । निगमले न्यूनतम मूल्य तय गरेर गरेको यसको प्रस्तावमा यो भन्दा जसले बढी कबोल गर्छ उसैलाई यी जहाजका पाटपूर्जा बिक्री गरिने पनि निगमले जानकारी दिएको छ ।

Advertisement

Advertisement