मनकामना केबुलकार ७ दिनपछि भोलिबाट पुनः सञ्चालनमा आउने

Advertisement

काठमाडौँ । मनकामना केबुलकार मर्मत सम्भारपछि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागी बन्द गरिने भनिए पनि एकदिन अगावनै सञ्चालनमा आउन लागेको हो । 

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालनमा गर्ने भनिएको केबलकार चैत्र ३० गते सोमबार बाटै सञ्चालनमा आउने जनाएको हो ।

Advertisement

चैत्र २३ गते देखी मर्मतका लागी बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।

२०५५ साल मंसिर ८ गते देखी सञ्चालनमा आएको मनकामना केबलकारले २३ बर्ष पूरा गरेसंगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ । पुरानै प्रविधिमा सञ्चालनमा ल्याउदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो ।

सञ्चालन श्रेष्ठका अनुसार पहिलो चरणमा अति आवश्यक र मर्मत नगरिनहुने सामान फेरिने र दोश्रो चरणमा नयाँ प्रविधिकोलागी पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो ।
जस अनुसार केबलकारको लठा परिवर्तन, सञ्चारकेबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ । यात्रुको सुरक्षा संगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ ।

अबको २ बर्ष भित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement