डेढ करोडसम्मका घरले लिए पौने तीन खर्ब ऋण, महामारीबाट बढी प्रभावित क्षेत्रले कति लिए ?
फोटोः हाउजिङडटकम ।

Advertisement

काठमाडौं । निजी आवास बनाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीमध्येबाट दुई खर्ब ७३ अर्ब ८७ करोड ५० लाख रुपैयाँको कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको फागुन २०७७ सम्मको तथ्यांक अनुसार व्यक्तिगत घर बनाउन विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पौने तीन खर्ब रुपैयाँ पुगेको हो ।

राष्ट्र बैंकको उक्त तथ्यांक अनुसार एक करोड ५० लाख रुपैयाँसम्म कर्जा लिने ऋणीबाट लिएको यस्तो ऋण मासिक ७ अर्ब ३७ करोड ३० लाख रुपैयाँ रहेको छ । माघ २०७७ मा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको यस्तो ऋण २ खर्ब ६६ अर्ब ५० हजार २० हजार रुपैयाँको थियो । अघिल्लो महिना माघमा प्रवाह भएको कर्जासँगको तुलनामा यस्तो तथ्यांक अनुसार मासिक ७ अर्ब ३७ करोड ३० लाख रुपैयाँले ऋण बढेको देखिन्छ ।

Advertisement

तथ्यांक अनुसार समग्र घरजग्गा व्यवसायमा प्रवाह भएको ऋण भने १ खर्ब ७२ अर्ब ३४ करोड ५० लाख रुपैयाँ छ । घरजग्गा व्यवसायमा प्रवाह भएको कर्जा माघमा १ खर्ब ७१ अर्ब ५२ करोड २० लाख रुपैयाँ थियो । घरजग्गा व्यवसायमा भने मासिक कर्जा प्रवाह जम्मा ८२ करोड ३० लाख मात्रै रहेको छ । कोरोना महामारीपछि घरजग्गा व्यवसायले उचाई लिन नसक्दा यो क्षेत्रमा भएको कर्जा प्रवाहको गति कम भएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जा ३८ खर्ब ४६ अर्ब १८ करोड ८० लाख रुपैयाँको छ । यस्तो कर्जामध्ये फागुनसम्ममा सबैभन्दा बढी कृषि क्षेत्रमा भएको देखिन्छ

राष्ट्र बैंकले तय गरेको क्षेत्रगत ऋण लगानीका विभिन्न १५ वटा क्षेत्रमध्ये सबैभन्दा धेरै लगानीको क्षेत्र कृषि र यससँग सम्बन्धित क्षेत्रमा हुने गरेको छ । राष्ट्र बैंकले तय गरेको क्षेत्रगत लगानीमध्ये हालसम्म कृषि, फरेस्टि एण्ड वेभरेज प्रडक्सन सम्बन्धि क्षेत्रमा सबैभन्दा धेरे ऋण लगानी भएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार यो क्षेत्रमा फागुन २०७७ सम्ममा ६ खर्ब ३८ अर्ब ८३ करोड २० लाख रुपैयाँ ऋण लगानी भएको छ ।

यो क्षेत्रमा भएको यस्तो लगानी गत वर्ष अघिल्लो महिना माघसम्ममा ६ खर्ब २१ अर्ब ९८ करोड ३० लाख रहेको तथ्यांकमा देखिएको छ । बैैंक तथा वित्तीय संस्थाले फागुन २०७७ सम्ममा गरेको ३८ खर्ब ४६ अर्ब १८ करोड ८० लाखको लगानी मध्ये यो क्षेत्रको लगानी मात्रै १६.६० प्रतिशत हो ।

नेपाल राष्ट्र बैंकका देवकुमार ढकालका अनुसार अध्ययनका १५ वटा क्षेत्रमध्ये कृषिसँगै फरेस्टि एण्ड वेभरेज प्रडक्सन सम्बन्धित भनेर उल्लेख गर्ने गरिएको छ । यसले अर्थतन्त्रकै सबैभन्दा ठूलो क्षेत्र कभर गर्ने भएकोले कर्जा प्रवाह पनि यहीमा बढी गएको देखिएको हो । ढकाल भन्छन्, ‘बढी कभरेज भएको क्षेत्र हुनु र योसँग रिलेटेड सेक्टर पनि धेरै हुनुले स्वभाविक रूपमा कर्जा प्रवाह बढी देखिएको हो ।’

महामारी क्षेत्रबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटनमा पनि पौने २ खर्ब रुपैयाँको ऋण प्रवाह भएको छ । यो क्षेत्र अन्तर्गत होटल तथा रेस्टुरेन्टमा मात्रै एक खर्ब ७२ अर्ब रुपैयाँले ऋण प्रवाह भएको छ । पर्यटन क्षेत्रमध्ये सबैभन्दा बढी लगानीको क्षेत्र होटल तथा रेस्टुरेन्ट नै हो । यो क्षेत्रले माघ २०७७ सम्ममा एक खर्ब ६७ खर्ब ८६ करोड २० लाख कर्जा लिएकोमा फागुनमा भने ४ अर्ब ५८ करोड ६० लाख रुपैयाँले ऋण बढेको छ । 

Advertisement

Advertisement