बुटिक बनाउन रिनोभेसन सकियो, ३० करोड खर्चिएपछि कस्तो हुँदैछ त्रिभुवन विमानस्थल ?

Advertisement

काठमाडौं । सरकारले विदेशी पर्यटकको प्रमुख प्रवेशद्वार मानिएको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै नमूना विमानस्थलको बनाउने र बुटिक विमानस्थलको झल्को दिने गरी थालेको रिनोभिसनको काम करिब सकिएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक तर्फ थालिएको रिनोभेसनको काम करिब सकिएको बताए । छिटफूट काम मात्रै बाँकी रहेकाले समग्रमा अहिले ९८ प्रतिशत काम सकियो भनेर भन्न सकिने भएकाले अन्तिम चरणमा पुगेको भन्नुपर्ने तिवारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थललाई बुटिक बनाउने भनेर गरिएको घोषणापछिको दुई बर्षमा विमानस्थलमा स्वरूप परिवर्तन हुने र बुटिक विमानस्थल बनाउने गरी गरिएको काम अन्तगर्त आन्तरिक र अन्तर्राष्ट्रियतर्फको रिनोभेसन करिब ९८ प्रतिशत सकिएको तिवारीले बताए । उनका अनुसार अब बनाउनुपर्ने मुख्य संरचना अन्तर्राष्ट्रिय अगाडिको क्यानोपी नामक एक भवन मात्रै हो । यसको पनि काम आधा भन्दा बढी अगाडि बढिसकेकोले यो भवन सकिएपछि औपचारिक रूपमै विमानस्थल बुटिकमा गएको घोषणा हुने छ । यसका लागि बढीमा आगामी असारभित्र काम सकिने जानकारी पनि तिवारीले दिए ।

Advertisement

बुटिक बनाउन मुख्य सात काम
नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलाई बुटिक बनाउन विमानस्थल भित्र गर्नुपर्ने मूख्य सात वटा काम तय गरेको छ । यस्तो काममा विमानस्थल भित्रको रिनोभेसन, बाहिर भवनको संरचना, वाटर फाउन्डेसन, बुद्ध मूर्ती स्थपना गरेर विमानस्थललाई नेपाली मौलिक परम्परागत शैलीमा रूपान्तरण गर्नेसहितको काम भइरहेको छ ।

यसका लागि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको वाह्य रङरोगन (सिलिकन पेन्टस), बगैंचा निर्माण, साना ठूला कलात्मक मूर्ति राख्ने काम, अन्तर्राष्ट्रिय आगमन कक्षको गेटमा ६ फिट कदको बुद्धको मूर्ति राख्ने काम अगाडि बढाइएको छ । नेपाली संस्कृति झल्काउने मूर्ति राख्नेदेखि सरसफाईमा ध्यान केन्द्रित गरेर काम अगाडि बढाइएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

हाल पश्चिममा रहेको अन्तर्राष्ट्रियतर्फको टर्मिनलको बाहिर एकतर्फी रहेको उक्त क्यानोपी यात्रु कक्षको छानालाई दुवैतर्फबाट निर्माण गर्ने र हालको ट्याक्सी पार्किङमा यात्रु बाहिरिने कक्ष निर्माण मात्रै बाँकी रहेको छ । यो काम करिब ६० प्रतिशत पूरा भएको छ । यसलाई बढीमा ६ महिनाभित्रमा निर्माण सकेर औपचारिक रूपमा बुटिक विमानस्थलको घोषणा हुने जानकारी पनि प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए

प्राधिकरणको टर्मिलन विस्तारको लागि मात्रै करिब १५ करोडको खचिएको छ । यो नै बुटिक विमानस्थलमा भएको सबैभन्दा ठूलो काम हो । त्यसपछि अरु कामको लागि १५ करोड गरी कुल करिब ३० करोड बुटिक विमानस्थल बनाउनकै लागि खर्च भइरहेको पनि प्राधिकरणले जानकारी दिए । 
 

Advertisement

Advertisement