स्टक ब्रोकर एशोसिएशनको पहलमा साउन १ देखि नयाँ प्रणाली सञ्चालन हुने

Advertisement

काठमाडौँ । स्टक ब्रोकर एशोसिएशन अफ नेपालको पहलमा आगामी साउन १ गतेदेखि १० भन्दा बढी देशमा प्रयोग भइरहेको कारोबार प्रणाली(टीएमएस) सञ्चालनमा आउने भएको छ । एशोसियशनले आज विज्ञप्ति प्रकाशित गरी उक्त प्रणाली लोकलाइजेशन र कस्टमाइजेशन गर्ने कार्य तीब्र गतिमा अगाडि बढेको जनाएको छ ।  

मल्टि एसेस्ट, मल्टि एक्सचेञ्ज ट्रेडिङ प्लेटफर्म रहेको उक्त प्रणालीमा शेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत बिभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ । साथै मोबाइल एप्लिकेशनसहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न  सहजता प्रदान गर्ने जनाइएको छ । 

Advertisement

अर्थतन्त्र, बजार तथा सुचिकृत कम्पनिको आधारभूत तथा प्राबिधिक बिश्लेशण गर्न सकिने गरि यस प्रणालिमा तथ्याङ्कहरु राखिने छन् । लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने छ । स्टप लस, टेक प्रोफिट, आफ्टर मार्केट अर्डर, अलगोरिथमिक वा हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन बिशेषताले गर्दा कारोबार गर्न निकैनै सहज हुने एशोसियशनले जनाएको छ ।

यसैबीच, कोभिड १९ का कारण केहि समय संचालनमा आउन नसकेको दोस्रो बजार २०७७ असार १५ बाट संचालनमा आएपछी लगानीकर्ताको आर्कषणमा अत्याधिक बृद्धि भएको छ । हितग्राही खाता, मेरो शेयर, कारोबार खाता र अनलाईन प्रयोगकर्ताको संख्या असार १५ गते पूर्वको तुलनामा कयौँ गुणाले बृद्धि भएको छ । ‘सामाजिक दुरी कायम गर्नु पर्ने बाध्यताले  गर्दा दोस्रो बजारसंग सम्बन्धित धितोपत्र तथा कारोबार रकमको सम्पूण भुक्तानी बिद्युतीय माध्यमाबाटै हुने गरेको छ । यो बृद्धि र परिबर्तनलाई आत्मसात गरी आठ महिनाको छोटो समयमै व्यवस्थापन गर्ने कुरा चानचुने कुरा थिएन ।’ एशोसियशनका अध्यक्ष सन्तोष मैनालीले जनाए । 

व्यवसायीहरुकोे स्वामित्व तथा नियन्त्रणमा नरहेको प्रणालीहरुकोे प्रयोग मार्फत भुक्तानी गर्नु पर्ने, त्यस्ता प्रणालीहरुमा बारम्बार समस्या आईरहने, प्रणाली प्रयोग गर्ने समयमा रहेको पावन्दी र सामान्य समस्या समधान गर्न पनि अन्य निकायमा लामो समयसम्म भर पर्नु पर्ने हुँदा यस्ता भुक्तानीहरु कहिलेकाही व्यवसायीहरुले चाहँदाचाहँदै पनि समयमै गर्न नसकिने अवस्था बिद्यमान रहेको अध्यक्ष मैनालीले विज्ञप्ति मार्फत उल्लेख गरेका छन् । 

‘धितोपत्र भुक्तानी सम्बन्धि  समस्या समधान गर्न व्यवसायी र सिडिएस् एण्ड क्ल्यिरिङ्ग लिमिटेडको संयुक्त पहलमा प्रणालिको  बिकास गरी परिक्षणको क्रममा रहेको छ । निकट भविश्यमा यो संचालनमा आउने र धितोपत्रको भुक्तानीसँग सम्बन्धित लगानीकर्ताका गुनासाहरु पूर्ण रुपमा समधान गर्न सकिने बिश्वास हामीले लिएका छौ ।’–विज्ञप्तिमा भनिएको छ ।  

Advertisement

Advertisement