८८ अर्बको पुनरकर्जा प्रवाह, ७७ हजारले लिए सहुलियतमा ऋण

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले २०७७ फागुनमा ८८ अर्ब ८६ करोड रुपैयाँको सहुलियत दरको पुनकर्जा प्रवाह गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन २०७७ सम्ममा ७७ हजार १९६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । यस्तो कर्जाबाट बजारमा १ खर्ब २४ अर्ब २८ करोड बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३८ हजार ३ सय ५५ ऋणीलाई प्रवाह भएको छ । कृषिमा ८८ अर्ब २९ करोड कर्जा रहेको छ । महिला उद्यमशील कर्जा अन्तर्गत ३६ हजार ७ सय ६३ महिला उद्यमीलाई प्रवाह भएको ३२ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह भएको पनि तथ्यांकमा उल्लेख छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७८ ऋणीको ३ अर्ब ५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको पनि फागनु २०७७ सम्मको तथ्यांकमा उल्लेख छ ।

Advertisement

चालू आर्थिक वर्षको फागनुसम्मको उक्त तथ्यांक समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.४ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दूगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू बाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रततर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१.८ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको छ । 

२०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । 

२०७६ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.३ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो ।  आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २८.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३.२ प्रतिशतले बढेको छ । निर्माण क्षेत्रतर्फको कर्जा १०.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १५.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १९.१ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १७.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ७.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ६१.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३०.३ प्रतिशतले बढेको छ भनेहायर पर्चेज कर्जा ४.६ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । 

Advertisement

Advertisement