एकै महिनामा २९ खर्बको विद्युतीय कारोबार,  वालेटबाट भएको खर्च १० अर्ब नाघ्यो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्सहन गर्ने नीति लिएपछि विद्युतीय कारोबारसँगै यसको दायरा र क्षेत्र पनि बढेको छ । राष्ट्र बैंकले डिजिटल करोबारलाई विभिन्न १५ वटा क्षेत्रमा वर्गीकरण गरेर कारोबार विवरण तयार पार्ने गरेको छ । यस्तो कारोबार एक महिनामा नै २९ खर्ब २० अर्ब ८७ करोड रुपैयाँको भएको छ ।

राष्ट्र बैंकले जारी गरेको साउदेखि फागुन सम्मको नौ महिनाको तथ्यांकमा गत फागुनमा मात्रै १० अर्ब १८ करोडको कारोबार बालेटबाट भएको छ । वालेटबाट हुने यस्तो कारोबार अघिल्लो महीना ९ अर्ब ९४ करोडको मात्रै थियो ।

Advertisement

राष्ट्र बैंकले क्वीक रेस्पोन्स (क्यूआर) कोडलाई प्रवद्र्धन गर्न थालेसँगै यो क्षेत्रको कारोबार पनि हरेक महिना बढ्दै गएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार क्यूआर कोडमार्फत फागुनमा मात्रै २ अर्ब ५ करोड ५० लाखको कारोबार भएको छ । यस्तो कारोबार अघिल्लो महिना १ अर्ब ७१ करोड २० लाख रुपैयाँको थियो । 

कारोबार रकमका आधारमा क्यूआर कोडको कारोबार अन्य महिनाको तुलनामा फागुनमा सबैभन्दा धेरै हो । यस्तो कारोबार पुस महिनामा १ अर्ब २४ करोड ५० लाख, मंसिर महिनामा १ अर्ब २५ करोड ६० लाख रकम भुक्तानी भुक्तानी भएको थियो । कारोबार संख्याका आधारमा फागुन महिनामा हालसम्मकै सबैभन्दा बढी ६ लाख ३५ हजार ७३८ वटा कारोबार भएका छन् । जबकी माघ महिनामा यस्तो संख्या ५ लाख ३५ हजार ७९० थियो ।

Advertisement

Advertisement