आयात २.१ प्रतिशतले र निर्यात ७.८ प्रतिशतले बढ्यो, ८० अर्बको निर्यात हुँदा आयात भने ९४३ अर्बको

Advertisement

काठमाडौं । नेपालमा आयतमूखि अर्थतन्त्रमा निर्भर रहेको छ भने मासिक रुपमा आयत बढ्ने तर यसको तुलनामा निर्यात निकै कम हुँदा व्यापार घाटा मात्रै बढिरहेको छ । चालू आर्थिक वर्ष वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ रुपैयाँ करोड पुगेको छ । यो अवधिमा बस्तु आयात नौ खर्ब ४३ अर्ब ९९ करोड रुपैयाँको भएको छ ।

अघिल्लो वर्षको फागुनसँग तुलना गर्दा नेपालबा हुने बस्तु निर्यात २२.३ प्रतिशतले वृद्धि भएको भने देखिएको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ ।

Advertisement

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।

चालू आवको आठ महिनामा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई रु.९४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा चालु खाता रु.१४८ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.११९ अर्ब ७० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.८ प्रतिशतले वृद्धि आई रु.११ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३४.८ प्रतिशतले कमी आई रु.१० अर्ब १८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ६१ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको छ

 निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आठ महिनामा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई रु.८६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

तथ्यांक अनुसार आठ महिनामा शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ । यो अवधिमा संघीय सरकारको खर्च ५ खर्ब ७१ अर्ब २ करोड रुपैयाँ र राजस्व परिचालन ५ खबै ७१ अर्ब २० करोड रुपैयाँ छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दूगत आधारमा यस्तो मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

 

Advertisement

Advertisement