लकडाउन नगर्ने सरकारको निर्णय, भोलि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

Advertisement

काठमाडौं । सरकारले तत्काल कुनै लकडाउन नगर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको नयाँ प्रजाती फैलिएको सन्दर्भमा स्वास्थ्य सुरक्षाको नयाँ मापदण्ड जारी गर्ने तर तत्काल कुनै पनि क्षेत्रमा लकडाउन तथा प्रतिबन्ध नगर्ने निर्णय गरेको हो । 

नेपालमा समेत कोरोनाको दोस्रो लहर फैलिएकोले फेरि लकडाउन हुनसक्ने हल्ला चलिरहेको बेला सरकारले लकडाउन नगर्ने स्पष्ट पारेको हो । यद्यपि सरकारले कोरोनाको यूके भेरियन्ट फैलिएको सन्दर्भमा स्वास्थ्य जोखिम बढेकोले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको छ ।

Advertisement

सर्वसाधारणले पालना गर्नुपर्ने नयाँ मापदण्ड लगायतका बिषयमा सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपिल गर्नेछ। उपप्रधानमन्त्री तथा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) इश्वर पोखरेलले सरकारका तर्फबाट सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने बताएका छन् । सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरे पनि मन्त्रिपरिषदले त्यस्तो निर्णय गरेन् । 

Advertisement

Advertisement