जनरल इन्स्योरेन्स कम्पनीको कामु सीइओमा रामचन्द्र श्रेष्ठ नियुक्त

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी(जीआईसी) नेपालको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रामचन्द्र श्रेष्ठलाई नियुक्त गरिएको छ । 

सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायब सीईओ श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओका जिम्मेवारी दिइएको कम्पनी सचिव रामप्रसाद पौडेलले जनाएका छन् ।

कम्पनीका सीईओ एसके तमोटको कार्यकाल सकिएपछि उक्त पद खाली रहँदै आएको छ ।