गलैंचा उत्पादक तथा निकासीकर्ता संघको अध्यक्षमा गुरुङ निर्वाचित

Advertisement

काठमाडौं । नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको अध्यक्षमा रामवहादुर गुरुङ निर्वाचित भएका छन् । सोमबार सम्पन्न तेस्रो साधारणबाट गुरुङ अध्यक्ष निर्वाचित भएका हुन् ।  गुरुङ हिमालयन डेकोर रग्सका सञ्चालक हुन् ।

संघको नयाँ कार्यसमितिमा तेञ्जीङ शेर्पा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षहरुमा समिकविक्रम शाह, निमा लामा र हिरावहादुर लामा निर्वाचित भएका हुन् । संघको महासचिव भने दावा शेर्पा निर्वाचित भए । 

Advertisement

संघको सचिवमा बलराम गुरुङ र देवआनन्द सारावगी, कोषाध्यक्षमा दानवहादुर चन्द ठकुरी र सह– कोषाध्यक्षमा राधा पन्त चयन भएका छन् । संघमा अरु सात जना सदस्य चयन भएका छन् । नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

Advertisement

Advertisement