‘एमसीसी सम्झौता पारित गर्नुपर्छ भनेर संसदमा चिच्याउनेहरू मातृभूमिको चीरहरण गर्न उद्धत’

Advertisement

काठमाडौं । नेकपा एमालेका निलम्बित नेता भीम रावलले अमेरिकी संस्था एमसीसीसँग सम्झौता पारित गर्नुपर्छ भनेर संसदमा चिच्यानेहरू मातृभूमिको चीरहरण गर्न उद्धत व्यक्ति भएको आरोप लगाएका छन् । 

सोमबारको संसद बैठकमा एक जना एमाले साँसदले विजनेश दिएन भन्नेहरूलाई जवाफ दिने क्रममा एमसीसी परियोजनामाथि छलफल गर्न सुझाव दिएका थिए । 

Advertisement

रावलले एमसीसीसँग सम्झौता गर्नुपर्छ भन्नेहरू सत्ता र कुर्सीका लागि मातृभूमिको चीरहरण गर्न उद्धत रहेको भनेर देशभक्त नेपालीले बुझ्नुपर्ने रावलले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । 

लामो समयदेखि एमसीसी सम्झौताको विरोध गर्दै आएका उनले लेखेका छन्– ‘नेपालको सीमा मिचिदा र स्वाभिमानमा प्रहार हुँदा चुइक्क नबोल्ने तर नेपालको स्वाधीनता र स्वनिर्णयको अधिकारमा आघात पार्ने एमसीसीसँगको सम्झौता पारित गर्नुपर्छ भनी संसदमा चिच्याउनेहरू सत्ता र कुर्सीका लागि मातृभूमिको चिरहरण गर्न उद्दत रहेको देशभक्त नेपालीले बुझौं।त्यस्ताको विरोध गरौं ।’

Advertisement

Advertisement