थप ऋण प्रवाह गर्न नसक्ने अवस्थामा एनआईसी एशिया

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक ठूला ऋणीलाई थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको छ । यो बैंकको कर्जा—पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ८४.२१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ८५ प्रतिशतसम्मको सीसीडी रेसियोको सीमा तय गरिदिएको र एनआईसी एशिया उक्त सीमा नजिक पुगेको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिबाट ८० प्रतिशतको यस्तो सीसीडीको सीमालाई बढाएर ८५ प्रतिशतसम्म जान पाउने व्यवस्था गरेको थियो । यसको अर्थ यो बैंकले अब थप स्रोतको व्यवस्था गर्ने अर्थात निक्षेप नबढाई कर्जा मात्रै प्रवाह गर्न पाउँदैन् । २० प्रतिशतको अनिवार्य तरलता व्यवस्थापन गर्नुपर्ने केन्द्रीय बैंकले गरेको व्यवस्थाका कारण पनि अब यसले स्रोत नबढाएसम्म कर्जा मात्रै बढाउन पाउँदैन् । यसले अन्तर बैंक कर्जा लिएर वा निक्षेप बढाएर मात्रै थप कर्जा प्रवाह गर्न पाउँछ ।

Advertisement

यो बैंकले चैत २०७७ सम्ममा दुई खर्ब ९५ अर्ब ६१ करोड रुपियाँ निक्षेप संकलन गरेको छ । यही अवधिमा दुई खर्ब ५९ अर्ब ९९ करोड रुपियाँले कर्जा प्रवाहसमेत गरेको छ । यो बैंकको निक्षेपबाट कर्जा प्रवाह भएको रकम अनुुसार बैंकमा चैत मसान्तसम्ममा अब बाँकी तरलता ३५ अर्ब ६२ करोड रुपियाँ मात्रै रहेको देखिन्छ ।

त्यसो त बैंक तथा वित्तीय संस्थामा ६ महिना अगाडिसम्म लगानीयोग्य पूँजी थुप्रिएका कारण बैंकहरूले पछिल्लो समय निक्षेपको तुलनामा कर्जा मात्रै बढाएको पनि तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरूले चैत मसान्तसम्ममा ३९ खर्ब ४४ अर्ब दुई करोड रुपियाँ निक्षेप संकलन गरेर ३५ खर्ब ७३ अर्ब ४९ करोड रुपियाँ कर्जा प्रवाह गरेका छन् । चैतसम्ममा बैंकहरूको औसत सीसीडी रेसियो भने ७८.२९ प्रतिशत रहेको छ ।

असी प्रतिशत सीसीडी रेसियो नघाएका बैंकको संख्या भने चैत मसान्तसम्ममा छ वटा पुगेको छ । जसमध्ये सानिमा बैंकको एक खर्ब २४ अर्ब ८८ करोड निक्षेप संकल गरेर एक खर्ब १६ अर्ब ७४ करोड रुपियाँ कर्जा लगानी गर्दा यसको सीसीसी रेसियो ८३.७६ प्रतिशत पुगेको छ । मेगा बैंकले एक खर्ब ४३ खर्ब ५९ करोड निक्षेप संकलन गरेर १ खर्ब ३८ अर्ब १८ करोड रुपियाँको कर्जा प्रवाह गर्दा यसको सीसीडी रेसियो ८३.५४ पुगेको छ ।

प्राइम बैंकले एक खर्ब ४५ खर्ब ८५ करोड निक्षेप संकलन गरेर एक खर्ब ३४ अर्ब ९० करोड रपियाँको कर्जा प्रवाह गर्दा यसको सीसीसी रेसियो ८१.७१ प्रतिशत पुगेको छ । कुमारी बैंकले एक खर्ब ३८ अर्ब ८६ करोड निक्षेप संकलन गरेर एक खर्ब ३४ खर्ब ७० करोड रुपियाँ निक्षेप कर्जा प्रवाह गर्दा यसको सीसीडी रेसियो ८१.२८ पुगेको छ ।

नबिल बैंकले पनि दुई खर्ब १४ खर्ब ४८ करोड रुपियाँ निक्षेप संकलन गरेर एक खर्ब ९३ अर्ब ४५ करोड रुपियाँ कर्जा प्रवाह गर्दा यसको सीसीडी रेसियो ८१.२५ प्रतिशत पुगेको छ भने एनएमबी बैंकले एक खर्ब ६२ अर्ब ७३ करोड निक्षेप संकलन गरेर एक खर्ब ६५ अर्ब ५८ करोड कर्जा प्रवाह गर्दा यसको पनि सीसीसी रेसियो ८१.०९ प्रतिशत पुगेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल सीसीडी रेसियो सीमा नजिक पुगेका बैंकले थप स्रोतको व्यवस्थापन गरेर मात्रै थप कर्जा प्रवाह गर्नुपर्ने बताउँछन् । उनले भने, ‘सीसीडी रेसियो ८५ प्रतिशतसम्म नपुगेसम्म भने कर्जा प्रवाह गर्न पाइने भएकोले त्यो सीमालाई ध्यानमा दिएर बैंकहरूलाई लगानी गर्न समस्या हुँदैन् ।’

पोखरेलका अनुसार सीसीडी रेसियो नजिक पुगेका बैंकले भने कोर क्यापिटल बढाउनुपर्ने वा डिपोजिट बढाएको अवस्थामा उनीहरूले गर्ने ल्याण्डिङ बढ्नसक्ने हुन्छ ।

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्योपाने बैंक ठूलो भएको र यसको एक प्रतिशत मात्रै सीमा भनेको पनि तीन अर्ब ५० करोड हुने भएकोले बैंकलाई कुनै समस्या नभएको बताउँछन् । बैंकले हिजोकै दिनमा पनि नयाँ निक्षेप संकलन गरेर सीसीडीलाई ८३ प्रतिशतमा झारिसकेको छ । केही निकालिएको र नयाँ थप पनि भइसकेकोले अहिलेसम्म कुनै समस्या नभएको दाबी सीईओ न्यौपानेको भनाइ छ ।

उनका अनुसार बैंकले गरेको अहिलेसम्मको ९० प्रतिशतको कर्जा साना तथा लघु उद्यम कर्जा (एसएमई) भएकोले ५ करोडभन्दा ठूलो ऋण छैन् । नयाँ ऋण पनि एकैपटक ठूलो ऋण प्रवाह नहुने र भएकोले अहिलेकै अनुपातमा कर्जा प्रवाह गर्न कुनै समस्या छैन भने नयाँ ऋणीलाई ऋण प्रवाह गर्न पनि समस्या नभएको बुझाइ पनि न्यौपानेको भनाइ छ । उनका अनुसार तरलतामा केही टाइट भएकैले दुईतीन महिना अगाडिसम्म एकदुई प्रतिशतसम्मको अन्तरबैंक कर्जा भने चार प्रतिशतभन्दा माथि पुगेको छ । 

Advertisement

Advertisement