मनीग्रामले सीमा पार रेमिट्यान्स सेवा विस्तारका लागी इसेवासंग गर्यो साझेदारी

Advertisement

काठमाडौं । मनीग्राम इन्टरनेशनलले एफ वान सफ्ट ग्रुपको इसेवा मनी ट्रान्स्फरसंग साझेदारीको घोषणा गरेको छ । यस साझेदारी मार्फत विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा शुरु भइसकेको छ भने इसेवा वालेट पनि शुरुवातको तयारीमा छ । 

सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै बैंकहरुसंग जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सक्छ । नेपालमा रहेका ४२ लाख भन्दा धेरै दर्ता गरिएका इसेवा वालेट प्रयोगकर्ताहरुमाझ आगामी इसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागी विशाल कोसेढुङ्गा हुनेछ । विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागी संसारकै उच्च प्राप्तकर्ताहरु मध्ये एक हो र सन् २०१९ मा मात्र ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो । 

Advertisement

भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफ भन्छन्, ‘यस साझेदारीले गर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्दि«त क्षमताको कार्यक्रमहरु विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागी हामी उत्साहित छौं ।’ ‘वित्तीय सेवाहरु डिजिटलकरणमा अग्रगामी इसेवासंग साझेदार भइ लाखौं गैर निवासी नेपालीहरुलाई सहज रुपमा रकम पठाउन र उनीहरुका लाभार्थीलाई सहज रुपमा रकम प्राप्त गर्ने सेवा उपलव्ध गराउन पाउँदा हामी गौरवान्वित भएका छौं ।’  

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु यस मनीग्राम र इसेवाको  साझेदारीबाट, संसारभरीबाटै सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् । रकम पठाउन साधारण रिसीभर विवरण भरे पुग्ने यस सेवाले पठाउने र पाउने दुबैलाई झन्झट मुक्त अनुभव सुनिश्चित गर्छ ।

इसेवाको मूल कम्पनी एफ वान सफ्ट ग्रुपका अध्यक्ष विस्वास ढकाल भन्छन्,  ‘मनीग्रामसंग नयाँ सहकार्यका लागी हामी अत्यन्त उत्साहित छौं । मनीग्रामसंगको साझेदारीले नेपालमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सबैभन्दा भरपर्दो र प्रतिस्पर्धी हाम्रो स्थितिलाई अझ सुदृढ पार्नेछ भने विश्वभर फैलिएका नेपाली आप्रवासीहरुमाझ व्यापक रुपमा पुग्नलाई पनि सक्षम पार्नेछ । मनीग्राम महत्वपूर्ण साझेदार हो र यो साझेदारीले सीमा पार रेमिट्यान्स डिजिटलकरणका लागी हाम्रो प्रतिबद्धताको उदाहरण दिन्छ ।’  
 

Advertisement

Advertisement