नेपालमा सीमापार रेमिट्यान्स सेवा विस्तार गर्न मनिग्राम र इसेवाबीच साझेदारी

Advertisement

काठमाडौं । नेपालमा सीमापार विप्रेषण (रेमिटान्स) सेवा विस्तारका लागि यस क्षेत्रको अन्तर्राष्ट्रिय कम्पनी मनिग्राम इन्टरनेशनल र नेपालको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी इसेवाबीच साझेदारी भएको छ । 

मनिग्रामले सीमापार रकम भुक्तानी र रकम स्थानान्तरणका लागि इसेवासँग साझेदारी भएको जानकारी दिएको छ । यस साझेदारीमार्फत विश्वभर रहेका मनिग्रामका ग्राहकले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको र इसेवा वालेट पनि सुरुवातको तयारीमा रहेको मनिग्रामको भनाई छ । 

Advertisement

सबै प्रमुख बैंकहरूसहित ६५ भन्दा धेरै बैंक जोडिएको खाता निक्षेप सेवाले नेपालमा रहेका प्रायः सबै बैंक खातामा रकम जम्मा गर्न सकिन्छ । नेपालमा रहेका ४२ लाख भन्दा धेरै दर्ता गरिएका इसेवा वालेट प्रयोगकर्तामाझ नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागि एउटा कोसेढुङ्गा हुने मनिग्रामको विश्वास छ । 

विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्स संसारकै उच्च प्राप्तकर्तामध्येको एक देश हो । सन् २०१९ मा नेपालमा आठ दशमलव २५ विलियन अमेरिकी डलर रेमिटान्स भित्रिएको थियो । 

मनिग्रामका भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफ भन्छन्, यस साझेदारीले गर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्दि«त क्षमताको कार्यक्रम विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागि हामी उत्साहित छौं ।’ 

यस साझेदारीबाट अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोप भरका देशहरु र अन्यगरी धेरै नेपाली आप्रवासीले सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् । रकम पठाउन साधारण रिसिभर विवरण भरे पुग्ने यस सेवाले पठाउने र पाउने दुबैलाई झन्झटमुक्त अनुभव सुनिश्चित गर्ने जनाइएको छ । 

Advertisement

Advertisement