काभ्रेका अर्जुन लामाको हत्यासम्वन्धी सभामुखविरुद्धको मुद्दा फेरि धकेलियो

Advertisement

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्यासम्वन्धी सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले फेरि पछाडि धकेलेको छ । आज सो मुद्दामा सुनुवाइ हुने भनिए पनि पछाडि धकेलिएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो । तर अन्तिममा हेर्न नभ्याइनेमा पारिएको छ ।

Advertisement

यसअघि २०७६ फागुन ३० मा यो मुद्दा पेशीमा चढाइएको थियो । लामाको हत्यामा सभामुख सापकोटा संलग्न रहेको भन्दै अर्जुन लामाकी श्रीमतीले किटानीरुपमा मुद्दा दायर दायर गरेकी हुन । माओवादीको जनयुद्ध कालमा लामालाई जिउँदै पुरेर हत्या गरिएको पीडित पक्षको भनाई रहँदै आएको छ । 

२०६२ बैशाख १६ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामाको अपहरण गरी हत्या गरिएको थियो । उनकी श्रीमती पूर्णिमायाले लामालाई नै खाल्टो खन्न लगाएर सोही खाल्टोमा जिउँदै पुर्ने लगाउने काम सापकोटाले गरेको जिकिर गर्दै आएकी छन् । प्रहरीले किटानी जाहेरी लिन नमानेपछि पूर्णिमायाले २०६४ फागुन २२ मा सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । 

माओवादी पक्षले यस घटनालाई द्धन्द्धकालको विषय भन्दै मुद्दा नचल्ने दाबी गर्दै आएको छ भने मानवअधिकारवादीहरूले भने द्धन्द्ध कालको घट्ना भनेर अपराधीलाई उन्मुक्ति दिन नहुने बताउँदै आएका छन् । 

Advertisement

Advertisement