कोरोना महामारी सुरु भएपछि भ्वाइस कल प्रयोगकर्ता नौ लाखले बढे

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार कोरोना महामारी सुरु भएयता भ्वाइस कल गर्ने ग्राहकको संख्या नौ लाख चार हजारले बढेका छन् । गत वर्ष चैत मसान्तमा भ्वाइस कल गर्ने ग्राहकको संख्या तीन करोड ८६ लाख रहेकोमा हाल यो संख्यामा वृद्धि भई तीन करोड ९५ लाख पुगेको हो ।

नेपाल टेलिकम
नेपाल टेलिकमको गत वर्ष चैतमा भ्वाइस कल प्रयोग गर्ने ग्राहकको संख्या एक करोड ९६ लाख रहेको थियो । हाल सो संख्यामा वृद्धि भई दुई करोड ११ लाख पुगेको हो ।

Advertisement

एनसेल
गत वर्ष चैतमा एनसेलबाट भ्वाइस कल गर्ने ग्राहकको संख्या एक करोड ६९ लाख रहेको थियो । हाल सो संख्यामा एक करोड ६० लाख ९८ हजार पुगेको छ । 

स्मार्ट टेलिकम
स्मार्ट टेलिकमका भ्वाइस कल गर्ने ग्राहकहरू कोरोना महामारी सुरु हुनुअघि २१ लाख सात हजार रहेको थियो । हाल भ्वाइस कल गर्ने ग्राहकको संख्या २२ लाख ९० हजार पुगेको छ ।

दूरसञ्चार कम्पनीहरूले डाटा प्रयोगकर्ताको तुलनामा भ्वाइस प्रयोगकर्ता कम हुने बताएका छन् । बढ्दो सामाजिक सञ्जालको प्रयोगका कारण पनि पछिल्लो समय भ्वाइस कल गर्नेहरू घट्दो छन् । विगतमा व्यापारिक प्रयोजनदेखि वैदेशिक कल ह्यान्ड सेटबाटै डायल गरेर बोल्नु पर्ने बाध्यता थियो । तर अहिले सो अवस्था फेरिएको छ ।

ग्राहकहरूले इन्टरनेकै माध्यमबाट भ्याइस कल गर्न रुचाउँछन् । इन्टरनेटको माध्यमबाट भ्वाइस कल गर्दा सस्तो मूल्यमै लामो समयसँग कुरा गर्न पाइने भएकाले त्यसतर्फ ग्राहकहरू आकर्षित हुँदै गएको प्राधिकरणले जनाएको छ । विश्व बजारमै सामाजिक सञ्जालको प्रयोग बढेकाले फोन डायल गरेर भ्वाइस कल गर्नेहरू कम हुन थालेको प्राधिकरणले बताएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले कर्पोरेट नेपालसँग भने, ‘अहिले भाईबर, म्यासेन्जरबाटै ग्राहकले कुराकानी गर्दा विगतको तुलनामा भ्वाइस कलमा ग्राहकको आकर्षण घटेको देखिन्छ ।’ उनले इन्टरनेट भएको ठाउँमा भ्वाइस कल गर्न सहज हने भएकाले पछिल्लो समय भ्वाइस कलमा ग्राहकको आकर्षण विगतको जस्तो नदेखिएको हो ।

विदेशबाट कुरा गर्दा भ्वाइसभन्दा इन्टरनेटमै कुरा गर्दा सस्तो पर्छ । नेपालकै कुरा गर्दा यहाँका शहरी क्षेत्रमा पनि वाईफाइ भएको ठाउँमा ग्राहकलाई किन पैसा खर्च गर्नु भन्ने लाग्न सक्छ । घरबाट बाहिर निस्केको बेलामा चाही डाटाबाट भ्वाइस कल गर्दा महंगो हुन्छ, त्यस्तो अवस्थामा ग्राहकहरूले फोनबाटै कल गर्छन् । इन्टरनेटमार्फत भ्वाइस कल गर्न दुवै जना ग्राहक इन्टरनेटको पहुँचमा रहेको अवस्था हुनुपर्छ । तर मोवाईलबाट फोन गर्न भने इन्टरनेटको आवश्यकता नपर्ने भएकाले यसको छुट्टै महत्व हुने प्राधिकरण बताउँछ ।

सेवा प्रदायकहरूले भ्वाइस कलमा विगतको जस्तो ग्राहक आकर्षण नरहेपनि व्यवसाय भने नाफामै रहेको जनाएका छन् ।

Advertisement

Advertisement