फ्रेन्चाईज फुटबल प्रतियोगिताः एफसी चितवनलाई डिशहोमको प्रायोजन

Advertisement

काठमाडौं । बैशाख ११ गतेदेखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटवल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल)मा सहभागी टिम एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ । 

डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य र एफसी चितवनका अध्यक्ष सचिन ढकालले सोसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । भरत खवास मार्कि प्लेयरलगायतका खेलाडी रहेको एफसी चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, इजिप्सियन खेलाडीद्घय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन् ।

Advertisement

मेघराज केसीको प्रशिक्षणमा रहेको एफसी चितवनमा विकास खवास, विकाश तामाङ, बिवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदीप कार्की, बिशाल सुनुवार, रुपबहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारी लगायतका खेलाडी रहेका छन् । 

एफसी चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ । नेपाल स्पोर्टस इभेन्टस् म्यानेजमेन्टले आयोजना गरेको एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लवले ट्रफिको लागि प्रतिस्पर्धा गर्नेछन । सबै २५ खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement