नेदरल्याण्डलाई हराउँदै नेपालले पहिलो टी–२० उपाधि जित्यो

Advertisement

काठमाडौं । नेदरल्याण्डलाई हराउँदै नेपालले पहिलो टी–२० क्रिकेट उपाधि जितेको छ। कीर्तिपुर मैदानमा शनिबार भएको फाइनल खेलमा नेदरल्याण्डलाई १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

त्रिदेशीय क्रिकेटको कीर्तिमानले भरिएको फाइनलमा नेपालले उपाधि हाल पार्न सफल भएको छ । कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको राम्रो ब्याटिङको मद्दतले नेपालले तीन विकेट गुमाएर कीर्तिमानी २३८ रन बनाउन सफल भयो । 

Advertisement

नेदरल्यान्ड्सले १७.२ ओभरमा सबै १० विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो। रनको हिसाबले यो नेपालको सबैभन्दा ठूलो जित हो। यसअघि सबैभन्दा ठूलो जित भुटानविरुद्ध १४१ रनको थियो।

त्यस्तै, रनको हिसाबले नेदरल्याण्डका लागि यो सबैभन्दा ठूलो हार हो। यसअघि उसको सबैभन्दा ठूलो हार सन् २०१८ मा स्कटल्यान्डविरुद्ध ११५ रनको थियो।

नेपालले यसअघि सन् २०१४ को टी–२० क्रिकेट विश्वकपसहित सात प्रतियोगिता खेलेको भए पनि कुनै उपाधि जितेको थिएन। आजको खेलमा कुशल भुर्तेलले आफ्नो फर्म कायम राख्दै चौथो अर्धशतक बनाए भने कुशल मल्लले आफ्नो दशौँ खेलमा पहिलो अर्धशतक बनाए।

नेपालले २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनाएको थियो। यो प्रतियोगितामा नेपालले बनाएको लगातार तेस्रो दुई सयभन्दा बढी रन हो।

Advertisement

Advertisement