स्मार्ट हाइब्रिड इन्जिनको सुजुकी ‘एस–क्रस’ एसयूभीले बजारमा तरङ्ग ल्यायो

Advertisement

काठमाडौं । जापानी अटोमोवाइल ब्राण्ड सुजुकीको हाईब्रिड इन्जिनको एसयूभी ‘एस–क्रस’ अहिले नेपाली बजारमा चर्चामा छ । उपभोक्तामाझ लोकप्रिय बन्दै गएको एसयूभी र सेडाको क्रस मोडल हो । नेपाली बजारमा नयाँ प्रविधि र सुविधाका गाडिहरू भित्राउन प्रतिस्पर्धा चलिरहेको बेला सुजुकीको स्मार्ट एसयूभी ‘एस–क्रस’ले नयाँ तरङ्ग ल्याएको छ । 

विशेषता
सुजुकी ‘एस–क्रस’ चलाउन निकै सहज छ । यो एक हजार ४६२ सीसीमा उपलब्ध छ । पाँच जनाको सिट क्षमता रहेको ‘एस–क्रस’ आकर्षक रंगहरूः सिल्भर ग्रे, नेक्सा ब्लु, ह्वाइटमा उपलब्ध छ । डेल्टा मोडल, जेटा मोडल, अल्फा मोडलमा उपलब्ध यो गाडि निकै आकर्षक देखिन्छ । 

Advertisement

नयाँ वर्षको अवसर पारेर सुजुकीले ‘एस–क्रस’ लन्च गरेको थियो । बजारमा आएसँगै गाडिका पारखीहरूको चासो यसमा निकै बढेको कम्पनीका अधिकारीहरू बताउँछन् । ‘एस–क्रस’को अहिलेको मोडल सहजताका हिसाबले सोही रेन्जका अन्य गाडिको तुलनामा एक नम्बरमा पर्ने कम्पनीको दाबी रहँदै आएको छ ।

नेपालमा सुजुकीका गाडिहरूको बिक्री चौधरी समूहअन्तर्गतको सिजी मोटर प्राइभेट लिमिटेडले गर्दै आएको छ । यसै कम्पनीकी डिलर सेल्स एक्जेक्विटिभ मनिता महर्जनले कर्पोरेट नेपालसँग भनिन्, ‘गाडि चढ्ने जो कोहीले आफ्नो गाडि हेर्दा आकर्षक देखियोस् भन्ने चाहन्छ । ‘एस–क्रस’ देख्ने ग्राहकको नजर अरु गाडितिर बिरलै जान्छ ।’ ‘बोल्ड लुक्स’मा उपलब्ध रहेकाले ग्राहकको आकर्षण ‘एस–क्रस’मा रहेको उनको भनाई छ । 

‘एस–क्रस’ एसयूभी मोडलको गाडि पहिले डिजेल इन्जिनमा थियो । सोही बेलादेखि नै ग्राहकहरूले पेट्रोल इन्जिनको माग गर्दै आएका थिए । अहिले पेट्रोलमा आएको कारण यस मोडलमा ग्राहकको आकर्षण राम्रो रहेको छ ।

यस गाडिको लुक्स पहिले र अहिले एउटै भए पनि बिगतको तुलनामा अहिले इन्जिन भने फरक छ । पहिले एक हजार तीनसय सीसीको सिङ्गल इन्जिन जडान भएको ‘एस–क्रस’मा अहिले एक हजार ४६२ सीसीको पेट्रोल इन्जिन जडान भएर आएको छ । अन्य विशेषता भने बिगतको मोडलको तुलनामा मिल्दोजुल्दो रहेको छ । इन्जिनको कारण बिगतको तुलनामा अहिले मूल्यमा केही फरक पर्न गएको छ ।

गाडि चढेको बेलामा त्यसबाट आउने हल्लाले मानिसलाई एक किसिमले बिचलित गराईरहेको हुन्छ । तर यस ‘एसयूभी एस–क्रस’ मोडलमा भने त्यस्तो किसिमको नचाहिँदो आवाज नआउने भएकाले ग्राहकले झन्झट व्यहोर्नु पर्दैन । 

बुकिङ बढ्दो
लन्च भएको छोटो समयमा नै ‘एस–क्रस’को बिक्रीप्रति कम्पनीले सन्तुष्टी जनाएको छ । अहिले सो गाडि बुक गर्ने ग्राहकहरूको संख्या पनि बढ्दो क्रममा छ । तत्काल भने कोरोना महामारीका कारण यो गाडि न्यून संख्यामा आएको कम्पनीले जनाएको छ । अवस्था सहज भएसँगै ‘एस–क्रस’को बिक्रीमा उल्लेख्य वृद्धि हुने कम्पनीको विश्वास छ ।

अहिले छिमेकी राष्ट्र भारतमा कोरोना महामारीले प्रभाव पारेकाले बुक भएको अनुपातमा गाडि भित्राउन नसकिएको कम्पनीले जनाएको छ । तर ग्राहकको मागलाई ध्यानमा राखी सोही अनुसारको आपूर्ति भने गर्ने डिलर सेल्स एक्जुकेटिभ महर्जनले बताइन् । 

मूल्य
सुजुकीको हालसम्मकै सबैभन्दा महङ्गो ‘एस–क्रस’को मूल्य नेपाली बजारमा ५१ लाख रुपियाँ छ । यो गाडि सुजुकीको सबैभन्दा महङ्गो गाडिमा पर्छ । यद्यपि आकर्षण यसैमा छ । चर्चा यसको छ । सुविधा यसैमा छ र हेर्दा ठूलो तथा भीआईपी लुक्समा भएकाले ग्राहकहरूको आँखा ‘एस–क्रस’मा पर्ने गरेको छ । यो चढ्नेले डेल्टा अप्सनमा नै धेरै विषेशता पाउँछन् । यसको मतलव सुरुवाती मोडलमा नै अटो एसी, लग्जरी लगायतका सुविधा यसमा उपलब्ध छन् । 

नेपाल सुहाउँदो
‘अफ रोड’लाई लक्षित गरेर ‘एस–क्रस’  मोडल ल्याइएकोले नेपालका लागि यो सुहाउँदो पनि छ । एसयूभी र सेराको क्रस मोडल भनेको अफ रोडमा समेत चलाउन मिल्ने किसिमले डिजाइन गरिएको हो । 

‘एस–क्रस’को ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । मुख्यतया नेपालको भौगोलिक बनावटले गर्दा यहाँ एकै नासको सडकहरू छैनन् । सुजुकीको ‘एस–क्रस’ ग्राहकहरूले ‘अफ–रोड’मा समेत सहजै चलाउनसक्ने कम्पनीले जानकारी दिएको छ ।

पहिले गाडि चलाईरहेका अनुभवी चालकहरूको रोजाईमा ‘एस–क्रस’ नै पर्छ । यसको आकार ठूलो रहेकाले यसप्रति अनुभवी चालकको आर्कषण बढि हुने गरेको कम्पनीको विश्लेषण छ । 

क्षमता
‘एस–क्रस’को फ्युल ट्यांक क्षमता ४८ लिटरसम्म रहेको छ । यसले १८ दशमलव ५५ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ ।

के हो स्मार्ट हाईब्रिड ?
सुजुकीको ‘एस–क्रस’मा अतिरिक्त इन्जिन जडान गरिएकाले यसलाई कम्पनीले ‘स्मार्ट हाइब्रिड’ भनेको छ । अन्य गाडिहरूमा साधारणतया लिड एसिड क्यापासिटी ब्याट्री भन्ने एउटा मात्र ब्याट्रि हुन्छ । सुकुकीको स्मार्ट हाईब्रिड गाडीमा लिथेमाइन ब्याट्री उपलब्ध छ । सो ब्याट्रीले अतिरिक्त पावर थप्न मद्धत गर्छ । सोही कारण यसको माइलेज पनि अन्य गाडिको तुलनामा धेरै छ ।

डाउन पेमेन्ट
कम्पनीको नाममा लोन लिदा २० देखि ३० प्रतिशतसम्म डाउनपेमेन्ट गर्न सकिन्छ । त्यस्तै, व्यक्तीगत रुपमा लोन लिदा ५० प्रतिशसम्म डाउन पेमेन्ट हुने कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement