वाणिज्य बैंकले ५० अर्ब कमाउँदा वितरणयोग्य नाफा मात्रै ३५ अर्ब, सबैभन्दा अगाडि नबिल बैंक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास (साउनदेखि चैत)सम्ममा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा मात्रै ३५ अर्ब ४३ करोड ३३ लाख ३५ हजार रुपियाँ रहेको छ । यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिमा १२ अर्ब ६४ लाख २८ हजार रुपियाँ मात्रै रहेको थियो ।

करोना महामारीकोबीचमा अरु क्षेत्र खुम्चिएको भएपनि वाणिज्य बैंकहरूले भने उल्लेख्य नाफा कमाएका छन् । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा वाणिज्य बैंकहरूले ५० अर्ब ७४ करोड २५ लाख १० हजार रुपियाँ  नाफा कमाएका छन् । यस्तो नाफा अघिल्लो वर्षको तुलनामा १३.५० प्रतिशतले वृद्धि भएको नेपाल बैंकर्स संघले जारी गरेको चैत २०७७ सम्मको तथ्यांकमा उल्लेख छ ।

Advertisement

यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिमा गत वर्ष बैंक वाणिज्य बैंकहरुको यस्तो नाफा ४५ अर्ब २४ करोड ७४ लाख ९८ हजार  रुपियाँ थियो । तथ्यांक अनुसार वाणिज्य बैंकहरूले चालू आवको तेस्रो त्रैमाससम्ममा कमाएको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ४९ करोड ५० लाख १२ हजार रुपियाँले बढी हो ।

यो अवधिमा सबैभन्दा बढी नाफा कमाएर अग्रणी सूचीमा पर्ने बैंकमा नबिल बैंक छ । नबिलको नाफा चालू आवको चैतसम्ममा ३ अर्ब ६७ करोड ९८ लाख ६९ हजार हजार रहेको छ । यस्तो नाफा अघिल्लो वर्षको तुलनामा १६.५० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष यो बैंकले सोही अवधिमा कमाएको यस्तो नाफा ३ अर्व १५ करोड ८६ लाख ८६ हजार रहेको थियो ।

नेपालमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा कमाएको यस्तो नाफाको वृद्धिदर सकारात्म रहेको छ । यो अवधिसम्ममा वाणिज्य बैंकहरूले ३८ खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब ९४ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको पनि तथ्यांकमा उल्लेख छ ।

जुन गत आवको सोही अवधिमो तुलनामा निक्षेप संकलन १३.३७ प्रतिशत र कर्जा प्रवाह २१.१२ प्रतिशत बढेको देखिन्छ । तथ्यांक अनुसार वाणिज्य बैंकहरूले ९५ अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २.१६ प्रतिशत कम हो ।

२७ वटा वाणिज्य बैंकमध्ये २१ वटा बैंकले खुँद नाफामा वृद्धि गर्न सफल भएका छन् भने ६ वटा बैंकको खुँद नाफा भने घटेको छ । नाफा घटाउने बैंकमा सबैभन्दा बढी सेन्चुरी बैंकको ६० प्रतिशतसम्म रहेको छ । नाफा घटाउने बैकहरूमा सेञ्चुरी, हिमालयन, एभरेष्ट, नेपाल एसबीआई,  एनसीसी र स्ट्यान्र्डर्ड चार्टर्ड बैंक देखिएको छ ।

तथ्यांकमा हेर्नुस्, कुन बैंकको नाफा कति? (रकम रु.हजारमा)

 

 

Advertisement

Advertisement