माथिल्लो तामाकोशीको सुरुङमा पानी भर्न सुरु, व्यवसायिक उत्पादनका लागि अझै केही हप्ता लाग्ने

Advertisement

काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखाको लामाबगर पुगेर बिहीबार सुरुङमा पानी पठाउन सुरु गरेका हुन् । 

स्वदेशी लगानीमा निरर्माण भएको माथिल्लो तामाकोशीको लागत बढेको र समयमा काम सम्पन्न नभएको भन्दै सरकार र नेपाल विद्युत प्राधिकरणको आलोचना हुँदै आएको थियो । आयोजनाको सिभिल संरचनाको निर्माण सम्पन्न भई हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भएपछि सुरुङमा पानी भर्न लागिएको हो । 

Advertisement

तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठका अनुसार सुरुङमा पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न हुनेछ । माथिल्लो तामाकोशीको भूमिगत विद्युत गृहमा ६–६ वटा टर्वाइन जडान गरिएका छन् । 

भूकम्प, नाकाबन्दी आदि कारण देखाउँदै ढिलाई हुँदै आएको आयोजना चालु आर्थिक बर्षभित्र परीक्षण र निर्माणका बाँकी काम सम्पन्न गरी व्यवसायिक उत्पादन सुरु गर्ने योजनामा कम्पनी रहेको छ । पछिल्लो समयमा हाइड्रोमेकानिकल (लट २)को भारतीय ठेकेदारको कमजोरीले गर्दा आयोजना सम्पन्न हुन ढिलाई भएको कम्पनी र प्राधिकरणका अधिकारीहरूले बताउँदै आएका थिए । 

Advertisement

Advertisement