मनाङ मर्स्याङ्दी आयोजना बनाउन बुटवल पावरले भित्र्यायो विदेशी लगानीकर्ता

Advertisement

काठमाडौँ । बुटवल पावर कम्पनीले १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माण र संचालनका लागि ३ विदेशी लगानीकर्ता भित्र्याएको छ ।

उक्त आयोजनाको २२.४० प्रतिशतमात्रै आफ्नो स्वामित्व राखेर बाँकी ७७.६० प्रतिशत स्वामित्व ३ चिनियाँ कम्पनीलाई दिएको हो । 

Advertisement

मनाङ जिल्लाको चामे र नासोङ गाउँ पालिका स्थित मर्स्याङ्दी नदीमा निर्माण गर्न लागिएको सो आयोजनाको निर्माण र सञ्चालनका लागि आजै शेयर स्वामित्व हस्तान्तरण गरी विदेशी लगानीकर्ताहरु भित्र्याएको बुटवल पावरका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले जनाएका छन् ।

चिनियाँ कम्पनी एससीआईजी इन्टरनेशनल लिमिटेडलाई सबैभन्दा बढी ४९.४७ प्रतिशत, छिङ्गचेङ्ग इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनीलाई १६.४९ प्रतिशत र क्यूवाईईसी इन्टरनेशनल कम्पनीलाई ११.६४ प्रतिशत शेयर स्वामित्व हस्तान्तरण गरिएको बुटवल पावरका सीईओ श्रेष्ठले बताए । 

Advertisement

Advertisement