सिटी एक्सप्रेस र फेडरल एक्सचेञ्ज यूएईबीच रेमिटान्स कारोबार शुरु

Advertisement

काठमाडौँ । यूएईको ख्यातिप्राप्त फेडरल एक्सचेञ्ज  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ  । यूएईमा रहेका नेपालीहरुले फेडरलको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका हुन् । 

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको  जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको हो । 

Advertisement

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेडरलका तर्फबाट महाप्रबन्धक राजह आरआरले हस्ताक्षर गरेका हुन् । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 
 

Advertisement

Advertisement