युनाईटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त

Advertisement

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनीको सञ्चालक समितिको प्रस्ताव अनुसार पौडेलको नियुक्तीलाई बीमा समितिले आज स्वीकृत गरेको हो ।

कम्पनी सञ्चालक समितिको विहीबार बसेको बैठकले पौडेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव अनिल गुरागाईँले बताए । उनको कार्यकाल चार वर्षको हुनेछ । हाल उनी कामु सीईओको रुपमा कार्यरत थिईन् ।  उनी २०७७ मंसिर ३ गते कामु सीईओ नियुक्त भएकी हुन् ।  

Advertisement

कम्पनीका कामु सीईओ रमेशकुमार भट्टराईको करार अवधि कात्तिक २४ गतेबाट सकिए पछि कम्पनी सञ्चालक समितिको बैठकले नायब सीईओ पौडेललाई कामु सीईओको जिम्मेवारी दिएको थियो । 

Advertisement

Advertisement