भ्याट बुझाउने समय थप्न नाडाको माग, निषेधाज्ञाअघि बुझाउन नसकिने

Advertisement

काठमाडौं । नाडा अटोमोबाइल्स एसोशियशन अफ नेपाल (नाडा)ले मूल्य अभिवृद्धि कर (भ्याट) विवरण बुझाउने समय थप्न सरकारसँग माग गरेको छ । 

एशोसियशनको सोमबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको एशोसियशनका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । उनले निषेधाज्ञा जारी रहँदासम्म भ्याट बुझाउनसक्ने परिस्थित व्यवसायीहरूको नरहेको भन्दै उनले निषेधाज्ञा सकिएपछि मात्रै भ्याट विवरण बुझाउन सकिने बताए । 

Advertisement

साथै, नाडाले आफूहरूसँग अक्सिजनका सिलिण्डर मौज्दात रहे नजिकको अस्पताल तथा अक्सिजन उद्योगमा बुझाउन पनि आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ । बजारमा अक्सिजनको अभाव भइरहेकोले सहयोग र राहतका लागि सदस्यहरूलाई यस्तो आग्रह गरिएको हो । 

नाडाको विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारले नयाँ भेरिएण्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा आम जनताको सुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागू गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ रक्षाको दृष्ट्रिकोणले पनि व्यवसायीहरु आफनो कार्यालयमा जान सक्ने अवस्था पनि नरहेकोले यही २०७८ साल बैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसँग हार्दिक अनुरोध गर्दछौं ।’

Advertisement

Advertisement