माओवादीनिकट दुई प्रदेश प्रमुखहरू हटाएर एमालेनिकट नियुक्त

Advertisement

काठमाडौं । सरकारले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन् । 

यसअघि प्रदेश प्रमुख रहेका माओवादीनिकट अमिक शेरचन र शर्मिला पन्तलाई पदमुक्त गरेर पौडेल र यादवलाई नियुक्त गरिएको हो । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि उनीहरू नियुक्त भए पनि पछिल्लो समयमा राजनीतिक किचलो बढेपछि हेरफेर गरिएको हो । 

Advertisement

यसअघि माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।
 

Advertisement

Advertisement