नागरिक एपमा ६ महिनाभित्र  ८० वटा सेवा, यसरी हुँदैछ सरकारी सेवा प्रविधिमैत्री

Advertisement

काठमाडौं । सरकारले आगामी ६ महिनाभित्र सरकारी सेवालाई प्रविधिमैत्री बनाउन आक्रामक योजनासहित अगाडि सारेको छ । सरकारले नागरिक एपमा बढीभन्दा बढी सेवा दिने र प्रविधिमैत्री बनाउने उद्देश्यले आगामी छ महिना भित्र ८० वटा सरकारी सेवाहरू समावेश गर्ने भएको छ ।

सरकारले डिजिटल नेपाल फ्रेम वर्कको अवधारणामा काम गर्दा नागरिकलाई सेवा लिन सहजीकरण हुन थालेको छ । पछिल्लो समय सरकारी सेवाहरूसमेत प्रविधि मैत्री बन्दै गएको अवस्थामा अब विगतको जस्तो सेवाग्राही लाइनमा बस्नुपर्ने अवस्था निकै हदसम्म कम हुँदै जाने भएको छ ।

Advertisement

सरकारी सेवाहरू प्रविधि मैत्री बन्दा नागरिकहरूलाई डिजिटल्ली काम गर्न सहज भएको छ । प्रविधिबाट काम गर्दा छिटो छरितो हुने तथा तीव्र गतिमा काम गर्न सकिने भएकाले प्रविधि मैत्री बन्नुको विकल्प नरहेको सरकारी निकायले बताउँदै आएका छन् । विभिन्न सेवाहरू प्रविधि मैत्री भएको अवस्थामा नागरिकले पनि प्रविधिको प्रयोग गर्दा सरकारी सेवा सुविधा पारदर्शी हुँनुका साथै अनयमितता हुन रोक्ने पनि सरकारी अधिकारी दाबी गर्छन् ।

सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिक एप
सरकारले केही महिना अघि नागरिक एपको प्रारम्भिक संस्करण (बेटा भर्सन) सार्वजनिक गरेको थियो । चौंथो राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसर पारेर १९ वैशाखबाट सरकारले सरकारी सेवाका नागरिकताको विवरण, शैक्षिक प्रमाणपत्र, नागरिक लगानी कोष, संचयकोषको विवरण हेर्न मिल्ने, एउटा सरकारी सेवाबाट अर्को सरकारी सेवा लिंदा यहीबाट विवरण लिन मिल्ने गरी नागरिक एपको पूर्ण भर्सन ल्याएको छ । थप परिस्कृति सेवा र सुविधासहित आएको यो एपले पूर्णता अब भने पूर्णता पाएको दावी पनि सरकारको छ ।

यो एपको प्रयोगबाट पहिलोपटक सरकारी बैंक खाता खोल्ने प्रणाली अनलाइनबाटै भएको हुँदा नागरिकले यसबाट ठूलै राहत पाउने पनि सरकारी अधिकारीले बताएका छन् । नागरिक एपको सुभारम्भ गर्दै १९ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘अब ‘लाईन होइन, अनलाइन’ सेवा प्रभावकारी बनाएको छ। नागरिकरले सरकारी सेवा अब अनलाइबाटै छिटो र सहजै पाउने छन्।’ यसबाट पेपरलेस र फेयरलेस सरकारी सेवालाई प्राथमिकतामा दिएको पनि प्रधानमन्त्री ओलीले बताएका छन् । नागरिक एप सरकारको गेम चेन्जर प्रोजेक्टको रूपमा ल्याइएको योजना हो । सरकारले गत मंसिरदेखि नै इन्टरनेटलाई अत्यावश्यक सेवामा समावेश गरेको छ ।

नागरिक एपको प्रयोग किन ?
सो एप मार्फत नागरिकले स्थायी लेखा नम्बर लिनेदेखि बंैक खाता खोल्नेसम्मका कामहरू डिजिटल्ली गर्न सक्छन् । नागरिक एपबाटै सवारीको कर तिर्न, केवाईसी अद्यावधिक गर्न, पुलिस क्लियरेन्स रिपोर्ट तयार गर्न, स्वास्थ्य बीमा गर्न, नागरिक लगानी कोष तथा कर्मचारी सञ्चय कोषका विवरण हेर्न सकिन्छ ।

आगामी दिनमा नागरिकले हातमा कागज बोकेर हिड्न नपरोस भन्ने उद्देश्य सरकारको छ । काजगरहित काम गर्दा छिटो, छरितो भरपर्दो, सहज तथा अनियमितका रहित सेवा प्रवाह हुने भएकोले पनि यसको प्रयोग प्रभावकारी हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले कर्पोरेट नेपालसँग भने ।

पछिल्लो समय कोरोना महामारीेको प्रभाव बढेसँगै कागज रहित वातावरणमा काम गर्न निजी तथा सरकारी संस्था सक्रिय देखिएका छन् । कोरोना महामारीकै कारण भइरहेको लक डाउन तथा निषेधाज्ञामा पेपरलेस सिस्टमबाट काम गर्दा जोखिम कम हुने भएकाले संघ संस्थाहरू कागज रहित वातावरणमा काम गर्न अग्रसर देखिएका हुन् ।

‘विगतमा ग्राहकहरूले लाईन बसेर सरकारी काम गराउनु पर्ने बाध्यता थियो । अब त्यस्तो सास्तीको विस्तारै अन्त्य हुदै जानेछ’ । सरकारले नागरिकको हितकालगि डिजिटल एपलाई प्राथमिकतामा राखेको दत्तले बताए ।
 

Advertisement

Advertisement