मध्य भोटेकोशीको आईपीओ आजदेखि, कस्ले दिन पाउँछन् आवेदन ?

Advertisement

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता साधारण शेयर(आईपीआ) आजदेखि निष्काशन खुला गरेको छ । कम्पनीको आईपीओ निष्काशन छिटोमा जेठ ४ गते र  ढिलोमा जेठ २० गतेसम्म बन्द हुनेछ । 

नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट १ अर्ब ५० करोड रुपियाँको शेयर जारी गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका बासिन्दाका लागि आईपीओ निष्काशन खुला गरेको हो । अनुमति पाएको मध्ये १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड रुपियाँ बराबरको निष्काशन खुला गरिएको हो । 

Advertisement

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कुल निष्काशनमा आउने शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नम्बर १ र ५, बाह्रबिसे नगरपालिका वडा नम्बर ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नम्बर ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँड गरिने छ ।

बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्टाइएको छ ।

आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ४०० कित्तासम्मका लागि आवेदन पाउने व्यवस्था छ । ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक जिल्लामा रहेका शाखा कार्यालयबाट आवेदन आइपीओका लागि आवेदन दिन सकिन्छ ।

मध्ये भोटेकोशी जलविद्युत सन् २०१० मा स्थापना भएको कम्पनी हो । यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावटको मध्ये भोटेकोशी आयेजना निर्माण गरिरहेको छ ।

Advertisement

Advertisement